Nepal Times
Nepal Times
3
Shares

नेपाल राष्ट्र बैंक ६६ वर्षमा प्रवेश

नेपाल राष्ट्र बैंक ६६ वर्षमा प्रवेश

१४ बैशाख, काठमाडौं । नेपालको वित्तीय क्षेत्रको स्थायित्वमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको नेपाल राष्ट्र बैंक स्थापनाको ६६ औं वर्षमा प्रवेश गरेको छ ।

शुरुमा नेरु र भारु दुई किसिमका मुद्राहरु चलनचल्तीमा रहेको पृष्ठभूमिमा द्वेध मुद्राको अन्त्य गरी नेपाली मुद्राको प्रचलनमा ल्याउने मूल उद्देश्यका साथ केन्द्रीय बैंकको रुपमा यो बैंक विसं २०१३ मा स्थापना भएको थियो ।

राष्ट्र बैंकको स्थापना भएपश्चात् वित्तीय क्षेत्र विकासको मार्ग खुला भयो र बैंकिङ क्षेत्रको विकासमा राष्ट्र बैंकको नेतृत्वदायी भूमिका रहेको छ ।

२०१३ देखि ०२३ सम्म राष्ट्र बैंक दोहोरो मुद्राको प्रचलन हटाउने र नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउनेमा केन्द्रित रह्यो ।

पहिला नै नेपालमा केही बैंकहरु सरकारी स्तरबाट खुलेका थिए र विसं २०३४ सालसम्ममा सबै जिल्लामा बैंकका शाखाहरु पुगेको थिए ।

बजेटको १५ बर्षपछि मात्र एकाध नीति जारी । अर्थात २३ देखि ३६ बर्षसम्म मुलुकमा मौद्रिक नीति नै थिएन ।

पछिल्लो २ दशक (सन् २००२ देखि २०१९ सम्म) वार्षिक मौद्रिक नीति सार्वजनिक हुन थालेको छ र अहिले यसको अर्धवार्षिक तथा वार्षिक समीक्षा गरी आवश्यक निर्देशनहरु जारी गर्ने गरिएको छ ।

प्रारम्भमा राष्ट्र बैंकद्वारा भारुको प्रचलन हटाई नेरुको प्रचलन बढाउने काममा सक्रियता देखाइयो ।

पछि भारतीय रुपैयाँसँगको विनिमय दरलाई स्थिरता कायम भयो । यससँगै बैंकिङ क्षेत्रको विकास र विस्तारमा यस बैंकको नेतृत्वदायी भूमिका रह्यो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.