Nepal Times
Nepal Times
3
Shares

‘नेपाल लगायत ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना’

‘नेपाल लगायत ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना’

२ माघ, काठमाडौं । भारतले आफ्ना छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना अघि सारेको टाइम्स अफ इन्डियाले बताएको छ ।

खोप निर्यातबारे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै नेपाल लगायत ६ मुलुकले यो खोप पाउने समाचारमा उल्लेख छ । भारत विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक हो ।

भारतको योजनाअनुसार घरेलु कम्पनीहरुले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा निर्यात गरिनेछ । यद्यपि यो योजना अझै छलफलको क्रममा छ । यसरी गरिने निर्यातमध्ये केही सहयोगको रुपमा निःशुल्क प्रदान गरिने समाचारमा उल्लेख छ ।

योजनाअनुसार कोरोना खोपको पहिलो खेप अबको दुई साताभित्र निर्यात गरिनेछ । त्यसपछि मात्र भारतले ल्याटिन अमेरिका, अफ्रिकालगायतका मुलुकमा खोप निर्यात गर्नेछ ।

यस विषयमा भारत बायोटेक र सेरम इन्स्टिच्युटले भने कुनै जानकारी दिएका छैनन् । यद्यपि यसअघि सेरम इन्स्टिच्युटका सीईओ अदार पूनावालाले एक अन्तर्वार्तामा आगामी मार्च महिनामा मात्र भारतमा बनेको खोप निर्यात गर्न सकिने बताएका थिए । सेरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप उत्पादन गरिरहेको छ भने भारत बायोटेकले आफ्नै कोरोना खोप विकास गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.