×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

३ मंसिर २०८१

३ मंसिर,काठमाण्डौ।

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । पौडेलले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।आज बेलुकाबाटै उडान सुरु हुनेछ ।”

उक्त जहाजसहित निगमका चार वटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए । यो विमान एक महिनालाई भनेर मर्मतमा गएको थियो तर ८३ दिनमा फर्किएको हो ।

जहाज बनाउन ढिलो हुँदा निगम भने आर्थिक समस्यामा पर्दै गएको छ । निगमको जहाज समयमा नै मर्मत सकेर नआउँदा निगमको उडान तालिका प्रभावित हुनुका साथै आर्थिक रुपमा सबल हुन नसकेको पनि निगमले जानकारी दिएको छ ।

निगमको १२ भदौदेखि मर्मतमा रहको जहाज फर्किएसँगै अब यसका २ न्यारोबडी र २ वाइडबडीले नियमित उडान गर्ने निगमका प्राविधिक प्रवक्ता मनोज साहले बताए । निगम राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजको मर्मतका संभार गर्ने संस्था (एमआरओ) छनोटमा भएको कमजोरीले निगमलाई ठूलो क्षति हुन पुगेको छ ।

निगमले एक महिनाका लागि जहाजको सम्पूर्ण मर्मत (सिचेक)को लागि १२ भदौ (अगस्ट २८) मा इटली पठाएको जहाज आज सोमबारसम्ममा मर्मतमा गएको ८३ दिन भएको छ ।

निगमले उडान गरिरहेको एयरवसको ए३३०–२०० सिरिजको ९ एन एएलजेड जहाज एक महिनाको लागि इटली गएको उक्त जहाज २७ कात्तिक (१२ नोभेम्बर)मा फर्कने मिति तय भए पनि यस अघिको वाइडबडी मर्मतमा भएको ढिलाइले यसपटकलाई समेत ढिलो गरिदिनु नै शंका भएको निगमकै उच्च अधिकारी बताउँछन ।

इटलीको एमआरओ एटिटेकले जहाज दिन्छु भनेको समयमा यसअघि पनि निदएर धोका दिएको थियो । त्यो नियति यसपाली पनि दोहोर्याएको निगमको भनाइ छ । यसअघि निगमले ८ असारमा इटली पठाएको जहाज पनि २७ भदौमा (८० दिनपछि) मात्रै फर्किएको थियो ।

यो पटक पनि एक महिनाको लागि मर्मतमा गएको जहाज झन्डै तीन महिना लगाएर फर्किएको छ । निगमको जहाज उडाएर लाभ दिनसक्ने वाइडबडी जहाज पालैपालो साढे दुई महिनाभन्दा बढी समय थन्कनु भनेको दुईवटा जहाजको थन्किएको समय अर्थात सँगसँगै नउडेका साढे ५ महिना भएको छ ।

लामो समयसम्म जहाज थन्किएपछि निगमले किस्ता र ब्याज तिर्नुपर्ने भएकोले ठूलो घाटा भएको वायुसेवा निगमको भनाइ छ । निगमलेसमेत इटलियन कम्पनीलाई एमआरओ दिनु गल्ती भएको स्वीकार गर्दै ढिलो गरेर मर्मत गर्दालागेको घाटाको क्षतिपूर्ति माग्ने भनेर यस अघि नै घोषणा गरेको थियो ।

विडम्बना निगमको जहाज दिन ढिलो गरेकोमा क्षतिपूर्ति दिनु त कता हो कता उल्टै अर्को जहाजलाईलाई समेत लगेर करिव ३ महिना थन्काएर बल्ल पठायो । यस अघि नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा वायुसेवा निगमको कामकारबाहीका सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले समेत निगमले एमआरो छनोट गर्नु नै गलत भएको भन्दै प्रश्न उठाएको छ ।

निगमको आर्थिक विनियमावली, २०६५ तथा सार्वजनिक खरिद ऐन नियमका प्रावधानहरू पूर्ण रूपमा पालना नगरी एमआरओ छनोट गरेको भन्दै सरकारी समितिले प्रश्न उठाउँदा निगमले भने अहिलेम्म एमआरओको विषयमा केही प्रतिकृया नै दिएको छैन ।

प्रतिवदेनका सिफारिस तथा सुझावहरू खण्डको ‘ख’ मा ‘इटालीको एटिटेकसँग गरिएको ठेक्का प्रक्रिया त्रुटिपूर्ण देखिएको हुँदा त्रुटि सच्याउन विद्यमान प्रावधानबमोजिमको प्रक्रिया अवलम्बन गर्न मनासिव देखिएको’ भन्नै व्यवस्था उल्लेख छ । निगमले भने प्रतिस्पर्धाबाटै छानेको कम्पनी भएको दाबी गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top