Nepal Times
Nepal Times
3
Shares

नेपाल सुपर लिगको विजेताले नगद ३५ लाख पाउने

नेपाल सुपर लिगको विजेताले नगद ३५ लाख पाउने

१० बैशाख, काठमाडौँ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले विजेताको पुरस्कार राशी घोषणा गरेको हो । उप विजेता टोलीले भने १५ लाख रुपैयाँ पाउने भएको छ ।

एनएलएलका हरेक विधा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र उदियमान खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।

प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम सहभागी हुनेछन् । विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.