×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपोलिअनले आत्महत्या गर्न खोजेको पिस्तोल २४.५ करोडमा लिलाम

२५ असार २०८१

२४ असार , एजेन्सी ।

फ्रान्सका सम्राट् नेपोलिअन बोनापार्टको स्वामित्वमा भएका दुइटा पिस्तोल १६.९ लाख यूरो (झन्डै २४.५ करोड नेपाली रुपैयाँ) मा लिलाम भएका छन् । कुनै बेला ती हतियार प्रयोग गरेर उनले आत्महत्या गर्न खोजेको ठानिन्छ । बीबीसीका अनुसार प्यारिसस्थित बन्दुक उत्पादक ’लुई–मारिन गोसे’मा बनेका ती पिस्तोल १२ लाखदेखि १५ लाख यूरोमा बिक्री हुने अपेक्षा राखिएको थियो ।

’ओजनाट अक्शन हाउस’मा ती पिस्तोलको लिलामी गरिएको थियो । उक्त लिलाम गृह नेपोलिअनले सन् १८१४ मा गद्दी परित्याग गरेपछि आत्महत्या गर्ने प्रयास गरेको फोँटेन्ब्लो दरबारनजिकै छ । केही समयअघि फ्रान्सको संस्कृति मन्त्रालयले ती पिस्तोललाई “राष्ट्रिय सम्पत्ति“ घोषणा गर्दै तिनलाई विदेश पठाउन रोक लगाउने निर्णय गरेको थियो । अब ती पिस्तोल अस्थायी रूपमा मात्र फ्रान्सबाट बाहिर लैजान पाइन्छ ।

अब फ्रान्स सरकारले ती पिस्तोल किन्ने व्यक्तिसँग ३० महिनाभित्र ती हतियार सकार्न सक्छ । उनको नाम सार्वजनिक गरिएको छैन । ती दुवै पिस्तोलमा सुन र चाँदीका बुट्टा छन् । तिनमा नेपोलिअनको मुखाकृति पनि अङ्कन गरिएको छ । विदेशी फौजसँग आफ्नो सेना पराजित भएपछि नेपोलिअन बोनापार्ट सत्ता त्याग्न बाध्य भएका थिए ।

त्यसपछि सन् १८१४ को एप्रिल १२ को राति नेपालिअनले ती पिस्तोल प्रयोग गर्न खोजेको बताइन्छ । तर उनका वरिष्ठ सैन्य अधिकारी आर्माँ ड कोलाँकूरले ती पिस्तोलबाट बारुद हटाइदिएका थिए । त्यसपछि नेपोलिअनले विष सेवन गरे। तर उनको मृत्यु भएन । पछि नेपोलिअनले ती पिस्तोल कोलाँकूरलाई दिए। ती हतियार कोलाँकूरको परिवारको स्वामित्वमा रहँदै आयो ।

पिस्तोल राखिएको बाकस अनि बारुद राख्ने सिङ र बारुद खाँद्न प्रयोग गरिने छडीहरूसहित अन्य सामग्री पनि सँगै बिक्रीमा राखिएको थियो । गत नोभेम्बरमा नेपोलिअनको छविसँग जोडिएको टोपी १९ लाख यूरो (२७.४८ करोड रुपैयाँ) बिक्री भएको थियो । सन् २०१४ मा पनि नेपोलिअनको अर्को टोपी १९ लाख यूरोमै बिक्री भएको थियो । सन् १८२१ को मे ५ मा उनको मृत्यु भयो । मृत्यु हुँदा उनी दक्षिण आन्ध्र महासागरस्थित सेन्ट हेलेना टापुमा ब्रिटिश कारागारमा थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top