×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेम्वाङलाई कसले कसरी सम्झिए ?

२६ भाद्र २०८०

२६ भदौ, विराटनगर ।

सरकारले एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको अन्येष्टि गर्ने दिन सार्वजनिक बिदा दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । नेम्वाङका छोराहरू विदेशमा रहेको र उनीहरू आएलगत्तै भोलि अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।

नेम्वाङका छोराहरूमध्ये जेठा छोरा बेलायत र कान्छा छोरा अष्ट्रेलियामा रहेका छन् । नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्। १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने छन् । नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्।

नेम्वाङको निधनको खबर फैलिएसँगै शीर्ष नेताहरू शिक्षण अस्पताल पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली मध्यराति नै शिक्षण अस्पताल पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पनि अस्पताल पुगे ।

यसबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गरेका छन् । ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो,’ आलीले सामाजिक सञ्जालमा लेखेका छन् । लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पु¥याएको योगदान सधैं सम्झिरहने उल्लेख गर्दै ओलीले लेखेका छन्, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !’

यसैगरि सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । ‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ’ घिमिरेले भनेका छन्, ‘प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’

नेम्वाङको निधनप्रति राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गहिरो शोक प्रकट गरेका छन् । तिमिल्सिनाले भनेका छन– ’नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका थियो । उहाँको सुझ बुझपूर्ण ढङ्गले सबै पक्ष सँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरूपण गर्ने शैली सबैका लागि अनुसरणयोग्य छ । ’

यस्तै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेम्वाङको निधनमा अन्य नेता तथा कार्यकर्ताहरूले पनि गहिरो दुःख व्यक्त गरेका छन् ।

यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन्। आज वक्तव्य जारी गर्दै उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘हामीले माध्यमिक शिक्षासँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौँ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्यौं’, नेता खनालले भने, ‘मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेँ, को–अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उहाँ र म एउटै पार्टीमा लामो समयसँगै काम गर्यौं ।’ आफूहरू अलग–अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै नेता खनालले पार्टी विभाजन भएका प्रति नेम्वाङ निकै दुःखी भएको बताएका छन् । सामाजिक सञ्जाल नेम्वाङप्रति श्रद्धाञ्जलीका शब्दहरूले भरिएका छन् ।

यसबीच एमाले महासचिव शंकर पोखरल चीनको भ्रमण छोटाएर स्वदेश फर्कदै छन् । स्वर्गीय नेम्वाङको पार्थिव शरीर आज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top