Nepal Times
Nepal Times
3
Shares

नेवाः सुन्दरीहरुलाई गराईयो नेवारी भोजबारे सचेतना

नेवाः सुन्दरीहरुलाई गराईयो नेवारी भोजबारे सचेतना

२५ पौष, विराटनगर । मञ्जिना मुभिज क्रिएशनद्वारा आयोजना भइरहेको चौथो संस्करणको मिस नेवाः प्रदेश एक ११४२ को अडिसनबाट छानिएका सुन्दरीहरु अहिले प्रशिक्षणमा छन् ।

नेवार संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि नेवाः संस्कृति नेपाया गौरव भन्ने मुल नाराका साथ आयोजना भइरहेको मिस नेवाः को अडिसनबाट फाइनलका लागि छनौट भएका १५ जना सुन्दरीहरुले प्रशिक्षण लिइरहेका छन् ।

जारी प्रशिक्षणमा नेवारी संस्कृति र भाषाहरुको बारेमा सुन्दरीहरुलाई प्रशिक्षित गरिँदैछ, जसअन्तर्गत शनिवार नेवाः भोए (नेवारी भोज) को एक परिचयात्मक कार्यक्रम आयोजना गरिएको मिस नेवाः आयोजक संस्था मञ्जिना मुभिजका निर्देशक जतिन ताम्राकारले बताएका छन् ।

कार्यक्रम नेवाः भोए मा समावेश नेवारी खानाबारे र सो खानाको महत्व बारे नेवाः भाषा विज्ञ गणेश बज्राचार्यले सहभागी सुन्दरीहरुलाई जानकारी गराएको पनि उनले बताए ।

प्रतियोगिताको यस संस्करणको फाइनल अर्थात अन्तिम प्रतिस्पर्धा आगामी माघ ४ गते विराटनगरस्थित सिटि प्यालेसमा आयोजना हुने ताम्राकारले जानकारी दिए ।

यस वर्षको मिस नेवाःको विजेताले क्वेटाको स्कुटीसहित ज्योतिलाईफ इन्स्योरेन्सबाट १५ लाखको बिमाको सुविधा पाउने ताम्राकारले जानकारी दिएका छन् । त्यसैगरी उपविजेताहरुले ताजसहित क्रमशः ७ लाख र पाँचलाखको बिमा पाउनेछन् ।

मोटिफ एजुकेसन मुख्य प्रायोजकको रुपमा रहेको सो कार्यक्रम व्यवस्थापनको जिम्मा लाइभ इन्टरटेन्मेन्टले लिएको छ ।

मिस नेवाःको यो चौथो संस्करण हो । गत वर्ष भने कोरोनाको संक्रमणले गरेर प्रतियोगिता स्थगित भएको थियो । मिस नेवाःमा नेवार समुदायका १६ देखि २५ वर्ष उमेर समुहका युवतीहरुले सहभागिता जनाउँदै आइरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.