×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेविसंघ कार्यकर्ताले त्रिवि उपकुलपतिको कुर्सी जलाए

१० असार २०७७

१० असार, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् ।

विभिन्न माग लिएर उपकुलपति कार्यालय पुगेका विद्यार्थीलाई अपमान गर्न खोजेपछि आक्रोशित विद्यार्थीले उपकुलपतिको कुुर्सी कार्यकक्षबाहिर ल्याएर आगो लगाएको नेविसंघ त्रिवि इकाईका एक पदाधिकारीले बताए । त्रिविका प्रवक्ता सूर्य अधिकारीले नेविसंघको झण्डा बोकेर आएका केही युवाले कुर्सीमा आगजनी गरेको पुष्टि गरे ।

ती पदाधिकारीका अनुसार नेविसंघले रजिष्ट्रार, रेक्टरको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । इकाईले केही दिनअघि अनलाइन कक्षा प्रभावकारी बनाउन, इन्टरनेटमा सहुलियत दिन र राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न पदाधिकारीको ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उपकुलपति बाँस्कोटाले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरिएको भन्दै नेविसंघले असन्तुष्टि जनाएको थियो । नेविसंघ केन्द्रीय समितिले विश्वविद्यालयमा भइरहेका गतिविधिबारे ध्यानार्कषण गराउँदै बुधबार विज्ञप्ति जारी गरेको थियो ।

अध्यक्ष राजिव ढुङ्गानाले विज्ञप्ति जारी गरेको केही घण्टा नबित्दै उपकुलपतिको कुर्सीमा आगजनी गरिएको हो । नेविसंघले त्रिविमा सत्तारुढ नेकपाको सिफारिसको आधारमा पदाधिकारी, विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्ति गरिएको आरोप लगाएको छ ।

वरिष्ठता र क्षमताको आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरिएको छ । ९ महिनादेखि उपकुलपतिसहितका पदाधिकारी रिक्त संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न नेविसंघले माग गरेको छ ।

आईओएमलगायत भागबण्डाको आधारमा गरिएको नियुक्ति खारेज गर्न माग गरिएको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top