Nepal Times
Nepal Times
3
Shares

नेसनल मेडिकल कलेजमा विद्यार्थीमाथि भएको कुटपिटका विषयमा छानबिन गर्न समिति गठन

नेसनल मेडिकल कलेजमा विद्यार्थीमाथि भएको कुटपिटका विषयमा छानबिन गर्न समिति गठन

८ मंसिर, वीरगञ्ज । वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा शुक्रबार दिउँसो विद्यार्थीमाथि भएको कुटपिटका विषयमा छानबिन गर्न चार सदस्यीय समिति गठन गरिएको छ । शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाबारे छानबिन गर्न समिति बनाएका हुन् ।

समितिलाई यथाशीघ्र घटनाको वास्तविकता पत्ता लगाएर प्रतिवेदन दिन निर्देशन दिइएको भट्टराईले बताए । नेसनल मेडिकल कलेज वीरगन्ज शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ ।

विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन् । प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए । यो घटना भएपछि विद्यार्थीले सुरक्षाको माग राख्दै प्रहरीमा पुगेका थिए । उनीहरू राति साढे १२ बजेसम्म प्रहरीमा बसेका थिए ।

शनिबार कलेज र प्रशासनबीच यस विषयमा छलफल भएको थियो । छलफलमा कलेजको पठनपाठन सञ्चालन गर्ने कुरा उठे पनि विद्यार्थीले शुल्क सम्बन्धी समस्या समाधान हुनुपर्ने माग राखेका थिए ।

शुक्रबार विद्यार्थीले साँझ ५ बजेसम्म कलेज हातामा धर्ना दिएका थिए । मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले बिहीबार छ घन्टा होस्टल बस्न रोक लगाएको थियो । आक्रमणम नै गर्न थालेपछि विद्यार्थी ‍र्यालीसहित प्रहरीमा पुगेका थिए ।

नेसनल मेडिकल कलेजले सरकारले तोकेभन्दा झन्डै छ लाख शुल्क उठाएपछि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन् । शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशनसहित कारबाहीको चेतावनी दिएको थियो । तर, उक्त निर्देशन दिएको पन्ध्र दिन पुग्नै लागे पनि बढी उठाइएको शुल्क फिर्ता नभएपछि विद्यार्थीले आन्दोलन जारी राखेका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.