×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेसन्स लिग खेल्ने पोर्चुगलको टोलीमा युरोकपमा गोलविहीन बनेका रोनाल्डो पनि

१४ भाद्र २०८१

१४ भदौ, विराटनगर । 

पहिलो संस्करणको विजेता पोर्चुगलले युइएफए नेसन्स लिग खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ । शुक्रबार मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले नेसन्स लिगको समूह चरणको खेल खेल्ने २५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

मार्टिनेजले टोलीमा ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई पनि समावेश गरेका छन् । कप्तान रोनाल्डो गत महिना सम्पन्न युरो कपमा गोलविहीन बनेका थिए ।

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो पुरुष फुटबलको इतिहासमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलकर्ता पनि हुन् । उनले हालसम्म राष्ट्रका लागि दुई सय १२ खेल खेलेर १३० गोल गरेका छन् ।

तर, रोनाल्डोको युरो कप २०२४ भने निराशाजनक रह्यो । सन् २०१६ को युरोकप जितेका रोनाल्डो गत संस्करणको प्रतियोगितामा भने पाँच खेल खेल्दा गोल गर्न सकेनन् । पोर्चुगल पनि क्वार्टरफाइनल खेलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरियो ।

अब, यसपालि भने रोनाल्डो र उनी सम्मेलित पोर्चुगलको टिम युइएफए नेसन्स लिगको उपाधि जित्ने योजनामा रहने छ । पोर्चुगलले सेप्टेम्बर ५ मा क्रोएसिया र सेप्टेम्बर ८ मा स्कटल्यान्डसँग खेल्ने छ ।

सन् २०१८-१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०-२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।

नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।

मार्टिनेजको टोलीमा रोनाल्डोबाहेक जाओ फेलिक्स, डिएगो जोटा, ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भालगायत पनि समावेश छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top