×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नोबेलका उत्कृष्ट २० कर्मचारी पुरस्कृत, २७ विद्यार्थीलाई सम्मान

३ मंसिर २०७६

३ मंसिर, बिराटनगर ।
बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले १४ औं बार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट कर्मचारी र विद्यार्थीलाई सम्मान एवं पुरस्कृत गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने २० जना कर्मचारीलाई पुरस्कृत र सर्वोत्कृष्ट अंक ल्याउँने २७ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

पुरस्कृत हुनेहरुमा डा.प्रमोद शर्मा गौतम, सुरेन्द्र प्रशाद शाह, डा.विवेक सिंह, नविना कोईराला, अमृता तिम्सिना, ससित खवास, सुरेन्द्र घिमिरे, अर्विन्द कुमार सिंह, किसोर बस्नेत, डा.कलामुदिन खान, प्रियंका रेग्मी, दिक्षा निरौला, नन्दलाल ठाकुर, राधा खाँ, मनिका माझी, संजिव कुमार माझी, बेनी मायाँ लिम्बु, कौशल किसोर ओझा, आसनारायण राजवंशी र कमल राजवंशी छन् ।

 

सम्मानित हुने बिद्यार्थीहरुमा माधव पौडेल, हिमाल दाहाल, निष्ठा बराल, सागर शाह, लक्ष्मी वाग्ले, सिर्जना राना मगर, गोबिन्द तामाङ, प्रदिप तिरुवा, रिङ्की रोय, उपमा भण्डारी, समिरा लिङ्खा, बबिता बस्नेत, ईदर्श राई, सुधिर न्यौपाने, लक्ष्मी तामाङ, गोमा तामाङ, नविना प्रजापति र रोस्नी लिम्बु छन् । त्यस्तै सुवास खतिवडा, खेमराज बस्नेत, युनिसा कडरिया, कला सेन्दाङ, दिपकला तामाङ, सागर लामा तामाङ, श्रेया निरौला, सिम्रन श्रेष्ठ र बिसाल चापागाई पनि सम्मानित भएका छन् ।फरक–फरक १७ बिद्याका उत्कृष्ट कर्मचारीलाई जनही ६ देखि २५ हजारसम्म नगदसहित प्रशंसा पत्र र खादा ओढाएर पुरस्कृत गरिएको होे । सर्वोत्कृष्ट अंक ल्याउँने २९ बिद्याका बिद्यार्थीहरुलाई खादा ओढाएर प्रशंसा पत्र प्रदान गरि सम्मानित गरिएको छ ।

उनीहरुलाई अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, सञ्चालक डा.सुनिल शर्मा, प्रवन्ध निर्देशक इन्दिरा बराल, नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, प्राचार्य डा.रामहरी घिमिरे, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, जनसम्पर्क अधिकृत नारायण दाहाल लगायतले सम्मान एवं पुरस्कृत गरेका छन् । कार्यक्रममा कर्मचारी र बिद्यार्थीको बिभिन्न साँस्कृतिक प्रस्तुतीले रौनकता प्रदान गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top