×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

न्युनतम पारिश्रमिक माग गर्दे सुरक्षा गार्ड सडकमा

५ असार, विराटनगर । सुरक्षा गार्डहरुले सरकारद्वारा निर्धारित न्युनतम पारिश्रमिक पाउनुपर्ने मागगर्दै विराटनगरमा प्रर्दशन गरेका छन् ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघमा आबद्ध सेक्युरिटी मजदुरहरुले बिहीबार विराटनगरमा ¥याली प्रदर्शन गरेका हुन् । जनआन्दोलनचोकबाट प्लेकार्ड र ब्यानरसहित देवकोटाचोकस्थित सामाजिक विकास मन्त्रालय पुगेका उनीहरुले सो ठांउमा समेत प्रर्दशन गरेका थिए । मन्त्रालय परिसरमा नाराबाजी गर्दै उनिहरुले श्रमशोषण अन्त्य गर्न मागगर्दै नियमानुसारको न्युनतम पारिश्रमिक हासिलगर्ने वातावरण बनाउन माग गरेका थिए । उनीहरुले श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागु गर्न मागगर्दै नाराबाजी समेत गरेका थिए । मन्त्रालय पुगेका उनीहरुले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो बिषयको ज्ञापनपत्र समेत बुझाएका छन् ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघ प्रदेश एकका संयोजक राजकुमार मल्लले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापनपत्र हस्तान्तरण गरे । बुझाइएको ज्ञापनपत्रमा सेक्युरिटी मजदुरहरुले २०७५ श्रावण १ गतेबाट सरकारले लागु गरेको २६ दिनको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० पाउन नसकेको साथै अन्य सुविधाहरु समेत पाउन नसकेको उल्लेख गरिएको छ । नेपाल सरकारकै स्वामित्वमा रहेका निकायहरु नेपाल टेलिकम,विद्युत प्राधिकरण,जिल्ला समन्वय समिति,आन्तरिक राजश्व कार्यालय,महानगरपालिका,कोशी अस्पताल सहित सामाजिक विकास मन्त्रालय र स्थानिय तहका कार्यालयहरु तथा बैंक लगायतमा कार्यरत सुरक्षा मजदुहरुले श्रम ऐन अनुसारको पारिश्रमिक नपाएको उल्लेख गरिएको छ ।

नियमानुसारको न्युनतम पारिश्रमक र अन्य सुविधा हासिल गर्ने वातावरण नबनाए संघर्षका थप कार्यक्रम ल्याउने उनिहरुले चेतावनी समेत दिएका छन । प्रदेश १ मा ५ हजार बढी सेक्युरिटी मजदुर विभिन्न निकायमा कार्यरत रहेको जनाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top