×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

१७ असोज ,काठमाडौं ।

दसैँ बिदाका कारण न्यून मात्रामा सवारीसाधन चले पनि ट्राफिक प्रहरीले एकै दिन १ हजार पाँच सय सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी एकै दिन १ हजार पाँच सयलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता एसपी अवदेश विष्ट क्षेत्रीका अनुसार आइतबार एकै दिन एक हजार पाँच सय सवारीसाधनलाई कारबाही गरिएको हो । न्यून मात्रामा सवारीसाधन चलेको भए पनि मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नगर्ने, लापरबाहीपूर्वक सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

एसपी विष्टका अनुसार आइतबार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने २ सय १० सवारीसाधन र चालकलाई कारबाही गरिएको छ । आइतबार उपत्यकामा साना ठुला गरी २० वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । जसमा २१ जना सामान्य घाइते र एक जना गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल दुर्घटनाका गम्भीर घाइतेको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । खुला सडक हुँदा लापरबाहीपूर्वक सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने र लेन अनुशासन पालना नगर्दा न्यून सवारीसाधन चल्दा पनि दुर्घटनाको सङ्ख्या धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top