×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पत्रकार, उद्योगीदेखि कुटनीतिज्ञसम्म राजावादी आन्दोलनका समर्थक ?

१४ चैत्र २०८१

१५ चैत ,काठमाण्डौ।

हिन्दु राष्ट्र, राजतन्त्र पुर्नस्थापना, सुशासनसहितका एजेण्डासहित सडक संघर्षमा उत्रिएका राजावादीहरुको आन्दोलनप्रति प्रबुद्ध नागरिकहरुले समेत ऐक्यबद्धता जनाएका छन्।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूको अन्तरक्रियात्मक भेलाले राजावादी आन्दोलनका सन्दर्भमा ६ बुँदे अपिल जारी गर्दै आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकार पक्षबाट यथाशीघ्र वार्ता, संवाद र सहमतिका लागि उनीहरूले जोड दिएका छन् ।

जनआन्दोलनप्रति गुणात्मक र ऐतिहासिक ऐक्यबद्धता सहितको अपिल भन्दै राजावादीहरुको जनआन्दोलन समितिका प्रवक्ता समेत रहेका अधिवक्ता स्वागत नेपालले पूर्व सचिव, पूर्व सुरक्षा प्रमुख, उद्योग वाणिज्य महासंघका नेतृत्वदायी व्यक्तित्वहरु, प्रमुख सञ्चार माध्यमका प्रमुख र वरिष्ठ पत्रकारहरु, चिकित्सक, वरिष्ठ कलाकर्मी तथा साहित्यकार एवम् कूटनितिज्ञहरु समेत सम्मिलित राष्ट्रिय जीवनका विविध क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको बृहत् अन्तरक्रियात्मक भेलाले जनआन्दोलनप्रति ऐक्यबद्धता जनाएको जानकारी दिएका छन् ।

आन्दोलनरत पक्ष, सरकार पक्ष, राष्ट्रिय–अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ–संस्थाहरू र सम्पूर्ण सरोकारवाला पक्षहरूसमक्ष यो अपिल जारी गरिएको हो । वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासा र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरूप्रति भेलाले ऐक्यबद्धता प्रकट गरेको छ ।

जनताका शान्तिपूर्ण आवाज र मागहरुविरुद्ध राजनीतिक नेतृत्व र सरकारी तहबाट अशिष्ट अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल प्रयोग नगर्न अनुरोध गरिएको छ । यदि परिस्थिति नियन्त्रणबाहिर जाने अवस्था आयो भने यसको जिम्मेवार सरकार स्वयम् हुनेतर्फ सचेत गराइएको छ ।

भेलामा उद्योगी–व्यवसायी भाष्करराज राजकर्णिकार, भवानी राणा, कुशकुमार जोशी लगायत थिए । यस्तै कलाकारमा मनिषा कोइराला र दीपक राज गिरी समेत सहभागी भएका थिए ।

सञ्चार क्षेत्रबाट युवराज घिमिरे, जीवनराम भण्डारी, श्याम कँडेल, टिकाराम यात्री, दिरेकलाल श्रेष्ठ, आशिष शेरचन लगायत रहेका छन् । एमालेबाट संसदीय चुनाव लडेका पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि भेलामा सहभागि भएका थिए ।

समसामयिक राजनीति र देश काल परिस्थितिका सम्बन्धमा आज राष्ट्रिय जीवनका विविध क्षेत्रमा विशिष्ट योगदान पुयाउनु भएका व्यक्तित्वहरुको एक वृहत अन्तरक्रियात्मक भेलाले पछिल्लो समयमा विभिन्न मागहरुसहित आन्दोलनरत पक्ष, सरकार पक्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरु तथा सम्पूर्ण सरोकारवाला पक्षहरुसँग निम्न अपिल गरेको भेलापछि जारी अपिलमा भनिएको छ ।

१. वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरूप्रति यो भेला ऐक्यबद्धता प्रकट गर्दछ ।

२. आन्दोलनका स्वरुपहरुलाई पूर्ण रुपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन पनि यो भेलाले आन्दोलनरत पक्षसँग अनुरोध गर्दछ ।

३. आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकारपक्षबाट यथाशीघ्र वार्ता र सहमति, वार्ता र संवादका लागि आह्वान गर्न हामी अपिल गर्दछौं ।

४. जनताका शान्तिपूर्ण आवाज र मागहरुविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्टि अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल समेत प्रयोग नगर्न समेत अनुरोध गर्दछौं ।

५. साथै यस सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, पर्यवेक्षकहरुलाई निष्पक्ष तथा विवेकपूर्ण अनुगमनका लागि हार्दिक अपिल गर्दछौं ।

६. प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ । हामी तपशीलका विभिन्न संस्था र विधामा आबद्ध व्यक्तिहरु सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौं । यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयं सरकार हुनेछ ।

भेलामा सहभागिता जनाउनेहरुमा भाष्कर राज राजकर्णिकार ,भवानी राणा कुश कुमार जोशी ,मनिषा कोइराला विनोद बहादुर श्रेष्ठ, अनिल जोशी ,राजाराज गिरि, दीपकराज गिरि, युवराज घिमिरे , किशोर प्रधान, किशोर थापा, भीम उदास, उत्तम कृष्ण श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, आशिष शेरचन, दिरेकलाल श्रेष्ठ, निर्मलराज पौडेल ,मधुसुदन थापा ,श्याम कँडेल ,टीकाराम यात्री ,जीवराम भण्डारी ,ध्रुव नारायण श्रेष्ठ ,दुर्गा बहादुर थापा, जैसन वैद्य, यज्ञराज अधिकारी, जेसन वैद्य, दिनेश श्रेष्ठ, विक्रम पाण्डे, डा. गोपाल तिवारी, स्वागत नेपाल, सर्वेन्द्र खनाल, ए. जी शेर्पा रहेका छन् । आज राजसंस्था पक्षधरले काठमाडौंमा प्रदर्शन गर्दैछन् सँगै गणतन्त्र पक्षधरहरुले पनि प्रर्दशन गर्दैछन् । त्यसका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top