×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पनडुब्बीको भग्नावशेष समुन्द्रबाट निकालियो,खुल्ने छ रहस्य

१४ असार २०८०

१४ असार, एजेन्सी ।
बुधबार दुर्घटनामा परेको टाइटानिक पनडुब्बीको भग्नावशेष क्यानडाको तटमा फेला परेको छ । हालै यो पनडुब्बी उत्तरी एट्लान्टिकमा डुबेको थियो । पनडुब्बीको भग्नावशेष भेटिएको ठाउँमा केही मानव अवशेष पनि भेटिएको बताइएको छ । अमेरिकी कोस्ट गार्डले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि अमेरिकी चिकित्सा पेशेवरहरूले यी अवशेषहरूको अध्ययन गर्नेछन्।

सन् १९१२ मा डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न गएका पाँच जना यस पनडुब्बीमा सवार थिए । पनडुब्बी भग्नावशेषबाट करिब १६०० फिट टाढा रहेको बेला दुर्घटनामा परेको थियो । पनडुब्बीमा विष्फोट भएको र केही सेकेण्डमै ध्वस्त भएको बताइएको छ ।

पनडुब्बीमा बेलायती एडभेन्चर हमिस हार्डिङ, बाबु–छोरा जोडी प्रिन्स र सुलेमान दाउद, ओसेनगेट एक्सपिडिसनका सीईओ स्टकटन रश र फ्रान्सेली नागरिक पल–हेनरी नार्गियोलेट सवार थिए। पनडुब्बी जुन १८ मा यात्रामा निस्किएको थियो र केही समयपछि नै सम्पर्कविहीन भएको थियो ।

जुन २८ मा यसको भग्नावशेषका ठूला टुक्राहरू क्यानाडाको सेन्ट जोन्स, न्यूफाउन्डल्याण्ड तटबाट पानीबाट बाहिर निकालिएको थियो । अमेरिकी कोस्ट गार्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’टाइटन पनडुब्बीको भग्नावशेष स्थलमा एम÷भी होराइजन एट्लान्टिक सेन्ट जोन्स न्युफाउन्डल्याण्डमा केही भग्नावशेष र प्रमाण फेला परेको छ।

अन्तर्राष्ट्रिय साझेदार अनुसन्धान एजेन्सीहरूसँग परामर्श गरेपछि, समुद्री अनुसन्धान बोर्ड (एमबीआई) ले प्रमाणहरू अमेरिका लैजाने निर्णय गरेको छ। यहाँ यसको विश्लेषण र परीक्षण पूरा हुनेछ। कोस्ट गार्डले भग्नावशेषलाई सावधानीपूर्वक चिकित्सा विज्ञहरूसम्म पु¥याउने बताएको छ।

अर्कोतर्फ, एमबीआईका प्रमुख क्याप्टेन न्युबाउरले दूरी र गहिराइमा भेटिएका यी महत्त्वपूर्ण प्रमाणहरू संरक्षण गर्न अन्तर्राष्ट्रिय र अन्तर–एजेन्सी सहयोगको लागि आभार ब्यक्त गरेका छन् । पेलजिक रिसर्च सर्भिसको रिमोट अपरेटिङ भेहिकलले भग्नावशेष भएको ठाउँ पत्ता लगाएको थियो । एजेन्सीले आफ्नो टोली अझै मिशनमा रहेको बताएको छ।

अमेरिकी कोस्ट गार्डले पनि पनडुब्बी कसरी विस्फोट भयो भनेर अनुसन्धान गर्नेछ। यसैबीच एक पनडुब्बी विशेषज्ञले टाइटानिक पनडुब्बीबाट केही सुरागहरू पत्ता लगाएका छन् जसले पनडुब्बी कसरी विष्फोट भयो भनेर देखाउँदछ।

डाक्टर जास्पर ग्राहम–जोन्सले द सनलाई भनेका छन् कि पाँच जनाको ज्यान लिएको विनाशकारी असफलताको पछाडि धेरै कारकहरू हुन सक्छन्। उनले परीक्षण नगरिएको कमजोर झ्याल, इलिक्टिक सर्टसक्रिट , बाहिरी दबाब र चालकको असावधानी लगायतका कारणहरु उल्लेख गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top