Nepal Times
Nepal Times
3
Shares

परम्परागत चित्रकार प्रेममानको निधन

परम्परागत चित्रकार प्रेममानको निधन

३२ साउन, काठमाडौं ।

वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षको उमेरमा आज निधन भएको छ । नेशनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उनको आज अपराह्न १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए ।

यसैबीच प्रतिष्ठानले आज एक शोक वक्तव्य जारी गरी उनको निधनले स्तब्ध भएको जनाएको छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै प्रतिष्ठानले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

वक्तव्यमा यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदानको कामनासहित समवेदना प्रकट गरिएको छ । उनको परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान रहेको र उनले धेरै कलाकार उत्पादन गरेको कुलपति कर्माचार्यले जानकारी दिए ।रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.