Nepal Times
Nepal Times
3
Shares

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

३ माघ, विराटनगर ।
तीन दिने अनौपचारिक भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा शनिबार बिहान ९ बजे भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि सहभागी थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि रक्षामन्त्री सिंहले ट्वीटरमा लेखेका छन्, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ ।’

मन्त्री ज्ञवाली परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत स‌ंयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार भारत प्रस्थान गरेका थिए । उनी शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.