×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पराजितलाई उम्मेदवार नबनाउन देउवामाथि दबाब: देखिएन कांग्रेसमा उत्साह

१ माघ २०७४

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउन कांग्रेसभित्र दबाब बढेको छ । दुवै तहका निर्वाचनमा पराजित नाम चलेका धेरै नेताले फेरि पनि उम्मेदवारी दाबी गर्न सक्ने देखिएपछि उनीहरूलाई उम्मेदवार नबनाउन सभापति शेरबहादुर देउवामाथि दबाब बढाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

‘विगतमा समानुपातिकमा परेका नेतालाई यसपटक पनि राखिएकोमै धेरै विरोध छ,’ सभापति देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘पहिले पनि दोहोरिँदा असन्तुष्टि थियो । फेरि पनि उम्मेदवार भएकालाई पुनः उम्मेदवार नबनाउन केन्द्रीय समिति र बाहिरबाट दबाब आएको छ ।’

निर्वाचनमा पार्टीको नतिजा कमजोर भए पनि यसपटक नयाँलाई उम्मेदवार बनाउन दबाब परेकोे ती नेताले बताए । राष्ट्रिय सभामा ३५ वर्ष उमेर पुगेको, ख्यातिप्राप्त, देशका लागि योगदान गरेको, विषय विज्ञ व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था छ ।

पौडेल र निधि इच्छुक ?
कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, अर्जुनरसिंह केसीलगायत नेताले पराजितलाई उम्मेदवार बनाउन नहुने बताउँदै आएका छन् । तर, नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधिसहितका नेताहरू भने यस विषयमा मौन छन् । उनीहरू सबै पराजित नेता हुन् ।

‘सिटौला, कोइराला र केसीले खुलेरै उम्मेदवार दोहोर्‍याउन नहुनेमा जोड दिनुभएको छ,’ अर्का एक केन्द्रीय सदस्यले भने, ‘रामचन्द्र दाइ र विमलेन्द्र दाइले विरोध नगर्नु भनेको उहाँहरू पनि राष्ट्रिय सभाका लागि इच्छुक रहेको हो कि भन्ने देखिन्छ ।’ यी दुईमध्ये पौडेल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने र निधि प्रदेश २ बाट निर्वाचन लड्न विकल्प रहेको ती नेताले बताए ।

अझै भएन छलफल
उम्मेदवार दर्ता गर्ने दिन नजिकिँदा पनि कांग्रेसले उम्मेदवार छान्ने प्रक्रिया र मापदण्डका विषयमा छलफल गरेको छैन । प्रदेश प्रमुख र शपथ गर्ने कार्यालयको टुंगो लागेपछि पार्टीले उम्मेदवार चयनबारे छलफल गर्ने केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले बताए । ‘प्रदेश प्रमुख र प्रदेश सभाको अस्थायी केन्द्रबारे प्रधानमन्त्री छलफलमा हुनुहुुन्छ,’ उनले भने, ‘एक–दुई दिनमा यसको टुंगो लागेपछि उम्मेदवारबारे छलफल गर्छौँ ।’

देखिएन उत्साह
एकल संक्रमणीय विधिमै निर्वाचन हुने भए पनि राष्ट्रिय सभाका निर्वाचित हुने ५६ सिटमध्ये कांग्रेसले बढीमा १० देखि १२ सिट जित्न सक्छ । जसमा प्रदेश १, २, ३, ४, ५ र ७ बाट प्रत्येकमा कम्तीमा दुई–दुई गरी १२ सिट जित्न सक्नेछ । प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचनमा नतिजा कमजोर आएकाले कांग्रेसमा उत्साह देखिएको छैन ।

थोरै सदस्य मात्रै जित्ने भएकाले पनि यो निर्वाचनबारे उत्साह नदेखिएको हुन सक्ने कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । ‘एकल संक्रमणीय हुँदा पनि कांग्रेसले हरेकबाट बढीमा दुईवटा जित्ने हो । परिणाम पनि उल्लेखनीय नआउने भएकाले उत्साह नदेखिएको हुन सक्छ,’ ती नेताले भने, ‘फेरि पनि खल्तीबाटै नाम निकाल्ने तयारी हो कि भन्ने देखिन्छ ।’

प्रदेश २ मा मधेसकेन्द्रित दलसँग तालमेल
कांग्रेसले प्रदेश २ मा मधेसकेन्द्रित दलसँग तालमेल गर्नुपर्ने भएको छ । मधेसी दलहरू पनि कांग्रेससँग तालमेल गर्नैपर्ने अवस्थामा छन् । केन्द्रीय सदस्य महतले मधेसकेन्द्रित दलसँग तालमेलको प्रयास भइरहेको जानकारी दिए । अन्य प्रदेशमा भने तालमेल हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top