Nepal Times
Nepal Times
3
Shares

परिचयपत्र विवरण संकलनमा भद्रगोल

परिचयपत्र विवरण संकलनमा भद्रगोल

ललितपुर : राष्ट्रिय पञ्जीकरण तथा परिचयपत्र विभागले ललितपुर जिल्लाका लागि नियुक्ति गरिएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा गएर काम गर्न दबाब दिन थालेको छ ।

ललितपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यक्रम स्थगित भएपछि सोही जिल्लाका लागि नियुक्ति पाएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा जान अप्रत्यक्ष दबाब दिन थालेको हो । तर दर्ता अपरेटरहरुले राजधानीसँग जोडिएको जिल्लामै विवरण संकलन कार्य भद्रगोल भएको भन्दै सिन्धुलीमा गएर काम गर्न रुचि देखाएका छैनन् ।

दर्ता अपरेटरहरुले विवरण संकलनका लागि व्यवस्थापकीय जिम्मेवारी मिलाउने काममा विभाग र प्रशासन कार्यालय गम्भीर नभएको आरोपसमेत लगाउँदै आएका छन् । उनीहरुले यस्तो अवस्था र त्यसमाथि कोरोना महामारीको बेला सिन्धुलीमा गएर कसरी काम गर्ने भन्ने प्रश्न विभाग समक्ष तेस्याउँदै आएका छन् । विभाग र दर्ता अपरेटरहरुबीच उत्पन्न असमझदारी विभाग र जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म सबैलाई चित्त बुझ्ने गरी समाधान गर्न नसकेकको पाइएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको सो विभागले हाल दर्ता अपरेटरहरुलाई अन्यत्र जिल्लामा खटाउने निर्णय गरेको निर्देशक विष्णुहरि उपाध्यायले जानकारी दिनुभयो । निर्देशक उपाध्यायले विवरण संकलन स्थगित गर्ने निर्णय गरेसँगै विभागले आ–आफ्नो वडाहरुमा राखिएका ल्यापटप, प्रिन्टर, स्क्यानर, आइरिस (आँखाको नानीको फोटो खिच्ने उपकरण), मर्फो ( औँलाको छाप स्क्यानिङ गर्ने उपकरण), क्यामरालगायत विभिन्न उपकरण फिर्ता गर्न विभिन्न स्थानीय तहलाई पत्राचार गरेको छ ।, याे खबर नेपाल समाचारपत्र दैनिकमा छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.