Nepal Times
Nepal Times
3
Shares

परीक्षामा फेल भएपछि पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी आक्रोशित

परीक्षामा फेल भएपछि पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी आक्रोशित

साउन १९, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी र विद्यार्थीको हकहितविरुद्ध रहेको अध्ययनरत विद्यार्थीहरुले आरोप लगाएका छन् ।

 

सो विश्वविद्यालय अन्र्तगतको मोरङको गोठगाँउमा रहेको जि.पि.कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टर(जिपीसिआर)मा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकले आइतबार विराटनगरमा पत्रकार सम्मेलनगरि यस्तो आरोप लगाएका हुन् ।

गएको मंसिर महिनामा सो कलेजबाट चौथो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुले दिएको दोश्रो सेमिष्टरको परीक्षाको नतिजा अपेक्षा विपरीत आएपछि रि–चेकिङको मागगर्दा परीक्षा नियन्त्रण कार्यालयले रि–चेकिङको प्रावधान नभएको जनाएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन्।

जिपीसिआर स्टुडेण्ट टिमका सल्लाहकार अनुप चापागाईले दोश्रो सेमेष्टरको प्रिन्सिपल्स एण्ड प्राक्टिस अफ हर्टिकल्चर बिषयको परीक्षाको नतिजामा ८ जना विद्यार्थी अनुतिर्ण भएको नतिजा आएको जानकारी दिए । उनले फेल भएको नतिजा आएपनि सबै विद्यार्थीहरुले जाँच दिंदा परीक्षा राम्रो गएका कारण पास हुनुपर्नेमा विश्वस्त रहेको बताए ।

नतिजाबाट असन्तुष्ट विद्यार्थी र अभिभावकले सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा रि–टोटलिङ र रि–चेकिङको माग गर्न जाँदा रि–चेकिङ गर्न नमिल्ने तथा रि–टोटलिङ गर्न मिल्ने भएपनि ५ हजार रुपैया बुझाउनुपर्ने बताएको जानकारी दिए ।

रि–टोटलिङ गर्दापनि वर्तमान ऐन कानुन विपरीत कबुलियतनामा गर्नुपर्ने दबाब सम्बन्धित कार्यालयले आफुहरुलाई दिएको उनीहरुको भनाई छ ।

५ दर्जन बढी विद्यार्थीहरु संगै अभिभावकहरुको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा अभिभावक मोहन कार्कीले त्रिभुवन र पोखरा विश्वविद्यालयले रिचेकिङलाई अंगिकार गरिसकेको अवस्थामा पियुले मनोमानी गर्दै आएको दाबी गरे ।

चित्त नबुझेका विद्यार्थीले सहजरुपमा आफ्नो कपी हेर्न पाउने अधिकार भएपनि सूचनाको हकलाई समेत उपहास गर्नेगरि पियुले विद्यार्थीमाथि अन्याय गर्न खोजेको दाबी गरे ।

सहभागि अन्य विद्यार्थीहरुले विगतमा न्यायालयले समेत सहजरुपमा कपि हेर्न पाउनुपर्ने आदेश गरिसकेको अवस्थामा पियूले विद्यार्थीमाथि अन्याय गर्न खोजेको बताए ।

सहज वातावरणमा कपी रिचेकिङ गर्न नपाए कडा आन्दोलन थाल्ने र त्यसको जिम्मेबारी सम्बन्धित विश्वविद्यालयले लिनुपर्ने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.