×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पर्यटन क्षेत्रको पहिचान गरी योजना बनाउन विज्ञको सुझाव

२४ बैशाख २०७५

काठमाडौँ, २४ वैशाख ः प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको प्रदेश नं ३ मा पर्यटन क्षेत्रको पहिचान गरी ‘पर्यटन योजना’ बनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ ले आज पर्यटन बोर्डमा आयोजना गरको सुझाव संकलन तथा अन्तक्र्रियामा आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएका हुन् ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दराज पोखरेलले हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ र बौद्धहरुको आस्थाको केन्द्र स्वयम्भू, बौद्ध र नमोबुद्ध रहेको प्रदेश नं ३ मा भारतका हिन्दू धर्मावलम्बी र चीनका बुद्ध धर्मावलम्बीहरुलाई भित्र्याउन सकेमात्र पनि पर्यटन क्षेत्रको विकास हुने बताए ।

“प्रदेश नं ३ मुलुककै राजधानी शहर र यहाँ सबै धर्म, वेशभूषा, संस्कृति भएका नागरिक बसोबास गर्ने भएकाले सबै जातिलाई समावेश गरेर सांस्कृतिक संग्रहालय बनाउन सकेमात्र पनि प्रदेश नं ३ मा पर्यटकहरु भित्रिन्छन्”, उनले भने।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले गणेश, लाङ्टाङ, गौरीशंकरलगायत क्षेत्र प्रदेश नं ३ मा रहेकाले पर्वतीय पर्यटक प्रवद्र्धनमा यो प्रदेश महत्वपूर्ण गन्तव्य रहेको बताए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीले नेपालमा आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक हवाईमार्ग हुँदै आउने र प्रदेश नं ३ को बाटो हुँदै अन्य स्थानमा जाने भएकाले त्यी पर्यटकलाई सोही प्रदेशमा समय बिताउने गरी पर्यटन विकास गर्नुपर्ने बताए ।

पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकेमात्र प्रदेश नं ३ को विकास हुने बताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण संघ (एनएमए) लगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाले सुझाव दिएका थिए ।

प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले प्रदेश नं ३ लाई पर्यटनमैत्री प्रदेश निर्माण गर्नका लागि उक्त कार्यक्रम आयोजना गरेको बताए। “सबै क्षेत्रबाट आएका सुझावलाई समावेश गरी नीति, योजना र बजेट निर्माण गछौँ”, उनले भने ।

प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव शिव वाग्लेले प्रदेश नेपालका लागि नयाँ विषय भएकाले सबैको राय, सुझावका लागि प्रदेश मन्त्रालय लागेको बताए । नेपालमा सन् २०१७ मा नौ लाख ४० हजार २१४ र सन् २०१८ को तीन महिनामा दुई लाख ८७ हजार ३८० बाह्य पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top