Nepal Times
Nepal Times
3
Shares

पर्साका कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ पुग्यो

पर्साका कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ पुग्यो

९ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालमा कोरोना संक्रमित ६१ वर्षिय महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने महिलाको उपचारको क्रममा बिहिबार विहान मृत्यु भएको हो । गत वैशाख ३ गते कोरोना पुष्टि भएर घर मै रहँदै आएकी उनलाई ५ गते ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । योसँगै कोरोनाका कारण पर्सामा मृत्यु हुनेको संख्या ५९ पुगेको छ । पछिल्लो एक सातामा मात्रै जिल्लामा कोरोनाका कारण ६ जना संक्रमितको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.