×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पर्साको नेपाल-भारत सीमामा कडाईः स्वास्थ्य परीक्षण र ट्राभल हिस्ट्री राखेर मात्र आउन पाइने

११ चैत्र २०७७

१० चैत, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा फैलिन नदिन पर्सामा सतर्कता अपनाइएको छ ।

मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले भारतबाट आउनेहरुलाई चेकजाँच गरेर र ट्राभल हिस्ट्री लिएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।

जिल्लाको विभिन्न नाकाबाट अनधिकृत आवातजावत रोक्न सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीबाट सुरक्षा प्रबन्ध मिलाउने निर्णय बैठकले गरेको छ ।

त्यस्तै सीमा नाकामा तापक्रम नापेर ज्वरो आएका यात्रुहरुको एन्टिजिन टेस्ट गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

भारतबाट आउदा ट्राभल हिस्ट्रीसहितको अभिलेख राखेर मात्र प्रवेश गर्न दिने पनि बैठकले निर्णय गरेको छ ।

नेपाल प्रवेश गर्ने बेलामा कोरोनाको लक्षण देखिएकालाई आइसोलेसन सेन्टर वा अस्पताल पठाउने र अरुलाई होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने, कोरोनाको नयाँ भेरियन्ट देखिएका राष्ट्रहरुको ट्राभल हिस्ट्री भएकालाई ७२ घण्टाभित्र आरडीटी/पीसीआर रिपोर्ट देखाएर प्रवेश अनुमति दिने पनि बैठकले निर्णय गरेको प्रजिअ तामाङले बताए ।

नारायणी अस्पतालमा १५ शय्याको कोभिड आईसीयू सञ्चालन गर्ने, केस इन्भेष्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ बढाउने, सामुदायिक क्वारेन्टिन सञ्चलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले मास्क नलगाउनेलाई कारबाही गर्ने, उद्योगहरुमा कार्यरत भारतीय कामदारहरु घर गई पुनः उद्योग फर्किदा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने, रात्रीकालीन व्यवसाय राति ९ बजे बन्द गर्नुपर्ने निर्णय गरेको छ ।

सार्वजनिक स्थानमा २५ जना भन्दा बढी सामूहिक भेला हुन निषेध गर्ने, सभा, जुलुस गर्न निरुत्साहित गर्ने पनि बैठकले निर्णय गरेको छ ।

नारायणी अस्पतालको तयारी

कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै नारायणी अस्पतालले पनि उपचारका लागि तयारी थालेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरले संक्रमित संख्या बढे जनशक्ति अभाव हुने भएकाले होम आइसोलेसनलाई प्राथमिकता दिनुपर्ने बताए । हाल अस्पतालमा १० बेडको एचडीयु तयार छ, यसलाई २० बेडको बनाउने तयारी गरिरहेको उनले बताए ।

नाजुक अवस्थामा हेल्थ डेस्क

वीरञ्ज नाकामा विगतमा हेल्थ डेस्क सञ्चालन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरसहितको ८ जनाको दरबन्दीसमेत दिएको छ । तर चिकित्सक एवं स्वास्थ्यकर्मी आएकै छैनन् ।

वीरगञ्ज महानगरपालिकामा हेल्थ डेस्कका लागि आएको ५० लाख रुपैयाँ समेत खर्च हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनको सहयोगमा टाँगिएको दुईवटा टेन्ट पनि धुलोले ढाकेको छ । जग्गा नहुँदा घर बनाउन नसकिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए ।

मलेरिया जाँच गर्ने आरडीटी परीक्षण गर्ने र कोरोनाको एन्टिजीन टेष्ट गर्ने कर्मचारीसमेत हेल्थ डेस्कमा नभएको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

हेल्थ असिस्टेन्ट सनिउल्लाह हवारीका अनुसार हेल्थ डेस्कमा मन्त्रालयले पठाएका कोही पनि कर्मचारी आएका छैनन् । महानगरपालिकाले खटाएका उनी र अर्का एक जना स्वास्थ्यकर्मी नै खटिरहेको अवस्था छ ।

‘स्क्रिनिङको काम गरिरहेको छौं । धुलो धुवाँ नभनी खटेका छौं, तर जोखिम भत्ता समेत पाएका छैनौं’ उनले भने ‘अरु कोही आएका छैनन, विदा पनि नपाउने अवस्था छ ।’

स्वास्थ्यकर्मीले अझै पाएनन् तलब

वीरगञ्ज महानगरपालिकाले गण्डक अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाउँदा खटेका १३ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारीले अझै तलब पाउन सकेका छैनन् । अत्यावश्यक समयमा उनीहरुलाई नियुक्ति गर्दा कुन निकायले तलब सेवा सुविधा दिने भनेर निर्णय नगरेका कारण उनीहरु तलबबाट समेत वञ्चित भएका हुन् ।

उनीहरुले पाउनुपर्ने ७ लाख ३२ हजार ८ सय ८ रुपैयाँ न नारायणी अस्पताल नै दिएको छ न त वीरगञ्ज महानगरपालिकाले नै । महानगरपालिकाले नगर कार्यपालिकाबाट पास गराएर दिने भनेको समेत लामो समय बितिसकेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा पुगेका डा. उदयनारायण सिंहले ‘उतिबेला जसरी पनि कर्मचारी ल्याउनुस्’ भनेर व्यवस्थापन गरिएको तर अहिले तलब समेत खुवाउन नसक्दा आफू समस्यामा परेको बताए ।

गण्डक अस्थायी कोभिड अस्पताल, महानगरपालिकाले आर्थिक भार बेहोर्ने र कर्मचारीको व्यवस्थापन नारायणी अस्पतालले हेर्ने गरी सम्झौता भएको थियो । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले प्रमुख प्रशासकीय अधिकृतले नमान्दा काम रोकिएको बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top