Nepal Times
Nepal Times
3
Shares

पर्साको पर्सागढीका संक्रमित नगरवासीलाई निःशुल्क उपचार र एम्बुलेन्स सेवा

पर्साको पर्सागढीका संक्रमित नगरवासीलाई निःशुल्क उपचार र एम्बुलेन्स सेवा

२४ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले नगरवासीलाई निःशुल्क औषधि उपचार सेवा दिने भएको छ ।

नगर कार्यपालिकाको बैठकले कोभिड–१९ को दोस्रो भेरियन्ट रोकथाम, न्यूनीकरण र नियन्त्रणको लागि आवश्यक प्रयास गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले एम्बुलेन्स सेवा लिँदा पनि पैसा तिर्न नपर्ने निर्णय गरेको छ ।

नगरवासी संक्रमित भए आवश्यकता अनुसार निःशुल्क औषधि उपचार र जिल्लाभित्र कोभिड १९ को उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकबाट भएको नगर प्रमुख लोक नारायण यादवले जानकारी दिए ।

बिहीबारको बैठकले पर्सागढी नगरपालिका– ५ स्थित पचरुखी स्वास्थ्य चौकीमा आवश्यक पूर्वाधारको व्यवस्था गर्दै १५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गरी निःशुल्क औषधि उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, नगरका ९ वटै वडामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित तथा शंकास्पद संक्रमितहरुलाई चिकित्सकको परामर्शमा स्थानीय जनप्रतिनिधि र स्वास्थ्य संस्थामार्फत अनुगमन गरी निःशुल्क औषधिको प्याकेज उपलब्ध गराउने र आवश्यकता अनुसार जनमैत्री सेवा सुविधाहरु उपलब्ध गराउनुको साथै प्रभावकारी क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ ।

एम्बलेन्स सेवाका लागि नगरपालिकाले उमेश प्रसाद साहलाई एम्बुलेन्स सञ्चालक संयोजकको जिम्मेवारी दिएको छ । नगरपालिकासँग दुईवटा एम्बुलेन्स छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.