×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पवनको अलराउन्ड प्रदर्शनमा एमसीसीमाथि नेपालको सहज जित

१८ कार्तिक २०७६

१८ कात्तिक, काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले इङ्ग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई गरेको छ । लेगसी टुरअन्तर्गत काठमाडौँको टियु क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा एमसीसीलाई ५ विकेटले पराजित गरेको हो ।

जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा विकेटकीपर विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका भण्डारीले ४ चौका र २ छक्का प्रहार गरे । भण्डारीले ३८ ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै नेपालको जित जिताउनुको साथै आफ्नो अर्ध शतक पुरा गरेका थिए । पवन सरार्फले आक्रमक ब्याटिङ गर्दै ४ चौका र २ छक्का सहित ३८ रनमा अविजित रहे । पवन र विनोदले छैटौं विकेटका लागि नटआउट ६९ रनको साझेदारी गरे ।

यासिर अराफातले पहिलो ओभरको दोस्रो बलमै ओपनर इशान पाण्डे ४ रनमा पेभिलिएन फर्काएका थिए । यासिर अराफातले पाँचौ ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई १० रनमा क्याच आउट गराए । मल्लले २ चौका प्रहार गरे । १८ ओभरको दोस्रो बलमा शरद भेषवकर ४ चौका सहित २४ रनमा क्याच आउट भए । शरद आउट भएलगतै दीपेन्द्र सिंह ऐरी २३ रनमा क्याच आउट हुन पुगे । दीपेन्द्रले २ छक्का प्रहार गरे । २९ औं ओभरमा आरिफ ३ चौका सहित २३ रनमा क्याच आउट भए । नेपालले ३१ रन एक्स्ट्रा पाएको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको एमसीसी ४० औं ओभरमा २ सय १ रनमा अल आउट भएको थियो । एक समय विशाल योगफलतर्फ अग्रसर देखिएको एमसीसी स्पिनर पवन सर्राफ र ललितनारायण राजवंशीको प्रदर्शनसँगै मध्यम स्कोरमा समेटिएको थियो । ओपनर विल रोड्सले सर्वाधिक ५४ रनको योगदान दिए । २७ औं ओभरको अन्तिम बलमा ललितले रोड्सलाई क्याच आउट ४ चौका प्रहार गरे ।

अर्का ओपनर ओपनर बिली गोडलम्यानले ५२ रन जोडे । ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गर्नु अघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गरेका थिए । ललित नारायण राजवंशीले इंग्ल्यान्डबाट टेष्ट खेली सकेका टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरे ।

अभिनासले २८ औं ओभरको चौथो बलमा विल भानडरसपारलाई आरिफ शेखबाट ३६ रनमा क्याच आउट गराए । उनले ३ चौका र २ छक्का प्रहार गरे । २९ ओभरको पाँचौ बलमा ललितले विकेटकीपर विनोद भण्डारी स्टम्पिङ आउट गराउँदै ३ रनमा पेभिलिएन फर्काए । कप्तानी जिमी एडम्सलाई पवन सरार्फले ३२ ओभरको चौथो बलमा १० रनमा बोल्ड आउट गरे ।

क्यालम ज्याक्सनलाई ललितले ३७ ओभरमा ८ रनमा आउट गरे । एलेक्स थप्सनलाई पवन सरार्फले १६ रनमा क्याच आउट गराए । ललित नारायण राजवंशी र पवन सरार्फले समान ४ विकेट लिए । तीब्र गतिका बलर अभिनास बोहोरा र करण केसीले १–१ विकेट लिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top