Nepal Times
Nepal Times
3
Shares

पशुपतिनाथमा एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने

पशुपतिनाथमा एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने

१९ फागुन, काठमाडौँ । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ ।

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए ।

अहिलेलाई एक हजार एक सय रुपैयाँदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । यस अघि पशुपतिनाथ मन्दिरमा एक हजार एक सय देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको थियो ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.