Nepal Times
Nepal Times
3
Shares

पशुपतिनाथ खुलेसंगै भक्तालुहरु बिहानै दर्शनका लागि पुगे (तस्बिरसहित)

पशुपतिनाथ खुलेसंगै भक्तालुहरु बिहानै दर्शनका लागि पुगे (तस्बिरसहित)

१ पौष, काठमाडौं । कोरोना महामारीका कारण गत चैत देखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज (बुधबार)बाट खोलिएको छ । हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको दर्शन गर्न भक्तालुहरु बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् ।

यसअघि लामो समय मन्दिर बन्द राख्नुपरेकोले पशुपति क्षेत्र विकास कोषले क्षमापूजा गरेको थियो । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गर्नुभएको थियो । भक्तालुहरुले मन्दिर प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने छ । मन्दिरभित्र प्रवेश गर्नुअघि हात स्यानिटाइज गर्नुपर्ने व्यवस्था पनि मिलाइएको छ ।

मन्दिरमा हुने विशेष पूजा, भजनकीर्तन लगायतका क्रियाकलाप भने अझैपनि बन्द गरिएको कोषले बताएको छ । मन्दिर खोलिएपछि पूजाआजा गर्न सर्वसाधारण देखि कलाकारसम्म जाडोको प्रवाह नगरी बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् ।

पशुपति क्षेत्र विकास कोषले पहिलो चरणमा पश्चिम ढोकाबाट मात्रै सर्वसाधारणलाई प्रवेश गर्न र बाहिर निस्कन दिने व्यवस्था गरेको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.