×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पशुपतिमा अर्पण गरिएका सामग्रीहरुको बिक्री सुरू गरियो

२८ आश्विन २०७९

२८ असोज, काठमाडौं ।

पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरू गरिएको छ ।पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरू गरेको हो । कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरू गर्न थालेको जनाएको छ ।

मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरुलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले बताए ।भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरुलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरुलाई आम्दानीको रुपमा दाखिला गरिने र सोही सामग्रीहरु बिक्री कक्षमार्फत बिक्री गरिने उनले जानकारी दिए ।

उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे । उनले पशुपति विकास कोषको आयलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सामग्रीहरुको बिक्री गरिएको स्पष्ट पारे ।

त्यसैगरी पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका शिव महापुराण लगायत अन्य विभिन्न प्रकाशनहरुलाई पनि बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । सामग्री रहुन्जेलसम्म मात्रै बिक्री गरिने पनि उनले उल्लेख गरे ।

महाशाखा प्रमुख पराजुलीले मन्दिरमा जम्मा हुने नगद रुपैयाँलाई बैंकमा दैनिक रुपमा जम्मा गर्ने गरिएको बताए । उनले दानपेटीकाबाट उठेको रकम नेपाल इन्भेष्टमेण्ट बैंकमा सोही दिन दाखिला गर्ने, विशेष पूजाको रकम एसबिआई बैंकमा दाखिला गर्ने र तेस्रो देशबाट आएका भक्तजनबाट लिइने रकम सनराइज बैंकमा दाखिला गर्ने गरिएको जानकारी गराए ।

पशुपतिनाथ मन्दिरका मूलभट्ट, भट्ट, भण्डारीहरु र कर्मचारीहरुलाई कोषमा जम्मा भएको रकमबाटै तलव तथा सेवा सुविधा दिइने गरिएको पनि उनले बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top