Nepal Times
Nepal Times
3
Shares

पशुपतिमा नयाँ शवदाह गृह,सवा घण्टामै शव जलि सक्ने

पशुपतिमा नयाँ शवदाह गृह,सवा घण्टामै शव जलि सक्ने

१७ मंसिर, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ । एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुषणरहित शवदाह गृह बुधबारदेखि सञ्चालनमा आएको हो ।

बुधबार बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।

यससँगै बुधबारै देखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदुषणलाई पनि कमगर्ने भएकाले आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने बताए ।

आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरिएको बताएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए । यस्तै एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.