Nepal Times
Nepal Times
3
Shares

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा बराबरीमा रोकियो

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा बराबरीमा रोकियो

३१ भदौ, विराटनगर ।

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा बलियो दाबेदार कुवेतसँग नेपालले बराबरीको नतिजा निकालेको छ । कुवेतसँग १–१ गोलको बराबरी खेल्दै नेपालले अंक बाँडेको हो ।

पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को भारी अन्तरले पराजित भएको थियो । तर दोस्रो खेलमा भने सुधारिएको खेल खेल्दै कुवेतलाई बराबरीमा रोक्न सफल भएको हो । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागि दिपेश राईले गोल गरे । त्यस्तै कुवेतका अब्दुलवाहब अलहिन्दिले एक गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दुवै गोल दोस्रो हाफमा भएको थियो । ७४औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयको थप गरिएको पाँचौ मिनेटमा अब्दुल वाहबले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा रोके ।

बराबरीसँगै समूह ‘ए’ मा नेपालले २ खेलबाट १ अंक जोडेको छ । कुवेतले २ खेलमा ३ अंक जोडेको छ । अब नेपालले ३ असोजमा ताजकिस्तानसँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.