×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

काठमाडौँ, १६ वैशाख ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ ।

पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन गरेको हो ।

दोस्रो चरणमा पहिलो चरणमा छुट भएका विद्यार्थीलाई विद्यालयमा ल्याउने मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी गराए ।

पहिलो चरणमा मन्त्रालयले स्वतः स्फूर्तरुपमा विद्यार्थीलाई विद्यालय आउन आग्रह गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सांसदले विद्यार्थीलाई भर्ना गराएका थिए ।

प्रधानमन्त्री ओलीले मुगुमा ठिन्लेका साँवु लामालाई विद्यालय भर्ना गरी अभियान सञ्चालन गरेका थिए ।

प्रवक्ता अर्यालले पहिलो चरणमा चार लाख ३९ हजार ३२३ जना विद्यार्थी गरिएको जानकारी गराए ।

सहसचिवसमेत रहेका अर्यालका अनुसार दोस्रो चरणका लागि भर्ना गराउन अभियान सञ्चालन गर्न सबै विद्यार्थीलाई विद्यालयले गाउँ टोलमा गई पहिलो चरणमा छुटेका विद्यार्थीलाई भर्ना गराउन जानेछन् । प्राथमिक तहसम्म २।८ प्रतिशत र आधारभूत तहसम्म ७।७ प्रतिशत विद्यार्थी विद्यालयबाहिर रहेका छन् ।

प्रवक्ता अर्यालले वैशाखम सान्तसम्म हुने भर्ना अभियानमा करीब ६ लाख विद्यार्थी भर्ना गराउने लक्ष्य रहेको बताए ।
मन्त्रालयले यसपटक सबै बालबालिकालाई विद्यालय भर्ना गराउनका लागि पाठ्यपुस्तकसहित ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ भर्ना अभियान सञ्चालन गरेको छ ।

मन्त्रालयले विपन्न गरीब, दलित, लोपोन्मुख, पिछडिएका बालबालिकालाई भने पोशाकसहित पाठ्यपुस्तकसमेत उपलब्ध गराएको छ ।
रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top