×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाँचथरमा छ्रैंठौ पटक हात्तीपाइले विरुद्धको अभियान सञ्चालन गरिने

१० फाल्गुन २०७४

पाँचथर, फागुन १०
लगातार पाँचवर्षसम्म हात्तीपाइले रोगविरुद्धको औषधी खुवाँउदा पनि निवारण नभएपछि पाँचथरमा छ्रैंठौ पटक हात्तीपाइले विरुद्धको अभियान सञ्चालन गरिने भएको छ ।

पाँचथरमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले फागुन ११ देखि १४ गतेसम्म छैटौंपटक हात्तीपाइले विरुद्धको औषधी खुवाउन लागेका हुन् ।

नेपाल सरकारले सन २०२० भित्र मुलुकबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएपछि उच्च पहाडी र तराईका ६१ जिल्लामा पटकपटक हात्तिपाइले बिरुद्ध अभियान चलाउँदै आएको थियो ।

पाँचथरमा पनि सन् २०१३ देखि नियमित रुपमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन थालिएको हो । पाँचौं पटक औषधी खुवाइएपश्चात जिल्लाको थर्पु र फिदिममा गरिएको सर्भेक्षणमा ९ सय जनाको रगत परिक्षण गर्दा १० जनामा यो रोगका जिवाणु भेटिएपछि पुनः छैठौं पटक औषधी खुवाउन थालिएको जिल्ला जनस्वास्थ अधिकृत योगराज घिमिरेले बतए ।

जनस्वास्थ कार्यालयले अभियानबारे जानकारी दिने उद्देस्यले आज आयोजना गरेको सञ्चारकर्मीसगको अन्तरकृयामा दिइएको जानकारी अनुसार पाँचथरमा रहेको कुल जनसंख्यामा १३ प्रतिशतभन्दा धेरैमा हात्तिपाइलेका जिवाणु छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top