Nepal Times
Nepal Times
3
Shares

पाँचथरमा फौजी किराले मकै बाली सखाप पारेपछि किसान चिन्तित

पाँचथरमा फौजी किराले मकै बाली सखाप पारेपछि किसान चिन्तित

२५ बैशाख, पाँचथर ,  पाँचथरमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप फैलिए पछि किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकामा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताए । उनका अनुसार हिलिहाङ गाउँपालिकामा मात्र ५ सय रोपनी क्षेत्रफलमा फौजी किराले मकै बालीमा क्षति पुर्याएको छ ।

हिलिहाङ गाउँपालिकाको प्रमुख खाद्यन्न बाली मकै हो । मकै बालीमा फौजी किराको प्रकोप देखिन थालेपछि ज्ञान केन्द्रबाट अनुदानमा उपलब्ध हुने विषादी किसानलाई वितरण गर्ने तयारी भइरहेको प्रमुख विष्टले बताए ।

गएको वर्ष पनि जिल्लाका सबै पालिकामा किसानले लगाएको मकै बाली फौजी किराले सखाप पारेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.