×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पाँच वर्षमा तीन अर्बको लागुऔषध: भारतीय संलग्नता धेरै, कम छैनन् नेपाली पनि

१३ पुष २०७४

नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको करोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो । ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड ८ लाख ९१ हजार दुई सयबराबरको लागुऔषध बरामद भएको छ । आजकोनयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।

त्यसमध्ये नियन्त्रित औषधिजन्य लागुऔषध मात्रै १ अर्ब ९ करोड १४ लाख ७१ हजार २ सय रुपैयाँबराबरको बरामद भएको छ । यो संख्या बरामद भएका औषधको ३३ प्रतिशत हो । त्यही अवधिमा हिरोइन, कोकिन, चरेस र गाँजाजन्य लागुऔषध २ अर्ब ६ करोड ९४ लाख २० हजार रुपैयाँबराबरको बरामद भएको छ ।

ब्युरोका डिएसपी प्रेमबहादुर शाही नियन्त्रित लागुऔषध भारतीय बजारमा सजिलै पाइने र नाफा पनि धेरै हुने भएकाले कारोबारीको ध्यान यसतर्फ गएको बताउँछन् ।

भारतीय नागरिकको संलग्नता धेरै
भारतीय लागुऔषध कारोबारीले नेपाललाई लागुऔषध करोबारको ‘हब’ बनाएका छन् । लागुऔषध कारोबारमा पक्राउ पर्नेमध्ये अधिकांश भारतीय नागरिक रहेको भेटिएका हुन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतीय लागुऔषध कारोबारीको मुख्य बजार काठमाडौं उपत्यका हो । त्यसपछि अर्को सुनसरीको धरान । कास्कीको पोखरालाई पनि लागुऔषध करोबारको नयाँ केन्द्रका रूपमा विकास गर्ने प्रयत्नमा उनीहरू जुटेको खुलेको छ ।

कम छैनन् नेपाली पनि
ब्युरोका अनुसार लागुऔषध करोबारमा सबैभन्दा धेरै नेपालीको संलग्नता रहेको पाइएको छ । पाँच वर्षयता १५ हजार ५ सय ४९ लागुऔषधका कारोबारी पक्राउ परेका छन् । त्यसमध्ये १४ हजार ८ सय ३९ कारोबारी नेपाली छन् ।

को–कति पक्राउ ?
सन् २०१३

नेपालीः २५२७

भारतीयः १२९

विदेशीः १७

सन् २०१४

नेपालीः २७६६

भारतीयः १३३

विदेशीः १९

सन् २०१५

नेपालीः २५३२

भारतीयः १११

विदेशी–१३

सन् २०१६

नेपालीः ३५५७

भारतीयः ११३

विदेशीः २७

सन् २०१७

नेपालीः ३६६९

भारतीयः १३४

विदेशीः १४

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top