×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पाँच हजार पर्यटन मजदुरलाई रोजगारी

६ भाद्र २०७८

६ भदौ, काठमाडौं ।

पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुर र श्रमिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराइने भएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा छोटो समयका लागि रोजगारी उपलब्ध गराउन लागेको हो ।

कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएकाले जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रोजगारी प्रदान गर्न लागिएको बोर्डले जनाएको छ ।

दुई वर्ष छ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी हुनेछ ।

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य पनि राखेको छ । परियोजना कार्यान्वयनका लागि हालै मात्र बोेर्ड र नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) सम्झौता पनि भएको छ ।

सम्झौताअनुसार नाट्टाले महामारीले रोजगारी गुमाएका पाँच सयभन्दा बढी पर्यटन मजदुरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्नेछ ।

परियोजनामार्फत छोटो अवधिको भए पनि रोजगारीको अवसर सिर्जना हुने बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले बताए । त्यससँगै पर्यटकीय स्थान र पर्यटकीय गन्तव्यहरूको मर्मतसम्भारमा पनि यस परियोजनाले सहयोग पु¥याउने उनको भनाइ छ ।

परियोजनाले क्रमशः अन्य क्षेत्रसँग पनि सम्झौता गर्दै कार्यक्रम अगाडि बढाइने उहाँले जानकारी दिए । उनले मजदुरले काम गरेपछि सीधै आफ्नो खातामा रकम पाउने गरी पारदर्शी ढङ्गले कार्यक्रमको कार्यान्वयन हुनेसमेत बताए ।

परियोजनाले विशेष गरी पदमार्ग, जलयात्रा (¥याफ्टिङ) गरिने नदी, टे«किङ टे«ल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने योजना छ ।

पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अति प्रभावित एक हजार छ सय जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पदमार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिह्नको स्थापना तथा मर्मतसम्भारका कार्यमा संलग्न गराउने बोर्डले जनाएको छ । त्यसबापत ४० दिन बराबरको रोजगारी प्रदान गरिने पनि बोर्डले जानकारी दिएको छ ।

परियोजनाअन्तर्गत बोर्ड र नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा)सँग पनि यसै हप्ता सम्झौता भएको छ । सम्झौताअनुसार ¥याफ्टिङ क्षेत्रका दुई सय मजदुरले काम पाउने छन् ।

नाराले आफ्नो मातहतका २०० जना मजदुरलाई त्रिशूली, भोटेकोसी, कर्णाली, सेती र कालीगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मतसम्भार तथा सरसफाइलगायतका कामका लागि रोजगारी उपलब्ध गराउनेछ । वर्षायामका कारण आगामी असोज १ देखि मजदुरलाई काममा लगाइने योजना छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top