×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाकिस्तानको जग्गा विवादः अफगानिस्तानको हस्तक्षेप

१५ श्रावण २०८१

१५ साउन , विराटनगर।

उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरूबीचको भूमि विवाद अहिले हिंसक द्वन्द्वमा परिणित भएको छ । जसमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको यो द्वन्द्व थप लामो र हिंसात्मक हुन सक्ने त्यहाँका अधिकारीहरूले नै चिन्ता व्यक्त गरेका छन् ।

पाकिस्तानको कुर्रम जिल्लाको सदरमुकाम पारा चिनारको बाहिरी इलाका, बुशहरा खैबर पख्तुनख्वा । जुन एक सामान्य पहाडी क्षेत्र जस्तै हो तर, यहाँ जमिनको एउटा टुक्रा छ, जसका लागि भएको लडाइँले अहिलेसम्म दर्जनौं मानिसको ज्यान लिइसकेको छ । बुशहराका दुई गाउँमा रहेका जनजातिबीच करिब १०० कनाल ९प्रतिकनाल ५,४०० वर्ग फुट० जग्गाको स्वामित्वमा विवाद छ ।

अधिकारीका अनुसार सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिहरू यस क्षेत्रमा लडिरहेका छन् । सो क्रममा बन्दुकधारीले कृषि भूमिको विवादमा गोली हानेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । एक सातादेखि सुरु भएको द्वन्द्वमा ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।

आइतबार राति भएको झडपमा थप आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार मारिनेहरूमध्ये ३५ जना शिया समुदायका छन् भने ८ जना सुन्नी समुदायका छन् । आइतबार बुशहरामा शव आदानप्रदान भएको थियो ।

जसमा सुन्नी जनजातिले ११ शव शिया जनजातिलाई बुझाएका थिए भने शिया जनजातिले सुन्नी जनजातिलाई तीन शव हस्तान्तरण गरे । कुर्रम जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मिर हसन जानकाअनुसार जुलाई २४ देखि सुरु भएको झडपका कारण अस्पतालमा मात्रै ३२ शव र २०० भन्दा बढी घाइतेहरूलाई ल्याइएको छ ।
पज।

६ दिनको द्वन्द्वपछि बुशहरामा दुई पक्षबीच शान्ति कायम भएको प्रशासनले जनाएको छ भने मोर्चहरू खाली गरी त्यहाँ प्रहरी र सेना परिचालन गरिएको छ । तर, जिल्लाका अन्य धेरै ठाउँमा जनजातिहरूबीच बारम्बार गोली हानाहान भइरहेको छ ।

कुर्रमको माथिल्लो भेग मकबल र तेरिमंगलमा शिया र सुन्नीबीच, मध्य कुर्रमको पाडा चमकानी र तल्लो कुर्रमको बालिश खेलमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रातभर गोली हानाहान भइरहेको छ । यो त्यही जग्गाको टुक्रा हो, जुन हालैको द्वन्द्वको कारण बनेको छ ।

जुन विवादलाई लिएर गत वर्ष जुलाईमा कुर्रममा साम्प्रदायिक तनाव उत्पन्न भएको थियो, जसमा आधा दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । शान्ति समितिका सदस्य मलिक महमुद अली जानका अनुसार सय कनाल जग्गाको यो वर्षौ पुरानो विवाद गुलाब मिल्लीखेल र मडगी काले जातिबीच रहेको छ ।

गुलाब मिल्लीखेल शिया समुदायका हुन् भने मडगी काले सुन्नी समुदायका । अली जानका अनुसार यो विवादमा धेरै सशस्त्र द्वन्द्वहरू भइसकेका छन्, यस विषयमा धेरै जिर्गा ९विशेष परिषद्० पनि भएका छन् तर, अहिलेसम्म यो समस्या समाधान हुन सकेको छैन ।

गत वर्ष यस विषयमा भएको जिर्गामा मलिक महमूद अली आफै पनि सहभागी थिए । सन् २०२३ मा सशस्त्र द्वन्द्वपछि शान्ति हुँदा र त्यसपछि ठूला जिर्गा आयोजना भएपछि सहमति भएको उनी बताउँछन् । उक्त सम्झौतामा जग्गा विवाद समाधान गर्ने ‘भूमि आयोग’ले उक्त जग्गाको टुक्रा राजस्व विभागको कागजपत्रको सहयोगमा सबैले स्वीकार गर्ने निर्णय भएको थियो ।

यस्तो अवस्थामा जिर्गा चलिरह्यो र अन्ततः उक्त टुक्रा जग्गाको स्वामित्व गुलाब मिलिखेलको हुने निर्णय भयो । यो निर्णयपछि मुद्दा समाधान गर्न गुलाबमिल्ली खेलले एक वर्षसम्म उक्त जग्गा प्रयोग नगर्ने अर्को लिखित सहमति भयो ।

सम्झौता अनुसार यो अवधिमा तेस्रो पक्षले प्रयोग गरी गुलाबमिल्ली खेललाई भाडा तिर्नेछ भने एक वर्षपछि पुनः भाडामा दिने वा आफैं प्रयोग गर्ने भन्ने विकल्प गुलाबमिली खेलसँग हुनेछ । अलि जान भन्छन्, ‘हाम्रो इलाकामा दुई पक्षबीच विवाद हुँदा समाधान गर्नुपर्ने चलन छ, जग्गा सिधै वास्तविक मालिकलाई नभई तेस्रो पक्षलाई ठेक्कामा दिइन्छ ।

र, त्यो तेस्रो पक्षले सही व्यक्तिलाई अधिकार दिन्छ ।’ अलि जानका अनुसार यो विवादमा तेस्रो पक्षले पनि एक वर्षसम्म सो जग्गा प्रयोग गरी गुलाब मिल्ली खेललाई भाडामा दिएको थियो । अब एक वर्ष पूरा भएपछि यो जग्गा गुलाबमिली खेललाई दिनुपर्ने थियो तर, गुलाबमिली खेलले त्यो जग्गा मागेपछि फेरि झगडा सुरु भयो ।

‘सुरुमा दुई पक्षबीच झगडा सुरु भयो तर, स्थिति बढ्दै गएपछि यो आदिवासीबाट साम्प्रदायिक तनावमा पुग्यो ।’ उनले भने । उनले यो जग्गाको टुक्राको मात्रै विवाद नभएर पाँच–छवटा ठूला झगडा पनि रहेको बताए, जुन जहिले पनि गोत्र वा परिवारबाट बाहिर निस्केर साम्प्रदायिक द्वन्द्वको रूप लिन्छ ।

खैबर पख्तुनख्वाको आन्तरिक र जनजाति मामिला विभागको घोषणाअनुसार कुर्रममा आठ फरक भूमि विवादहरू चलिरहेका छन्, जसमध्ये अधिकांश स्वतन्त्रतापूर्व समयका हुन् । बुशहरामा गुलाब मिल्लीखेल र माडगी काले गाउँका बासिन्दाहरूले एकअर्कालाई झगडालाई उकासिएको आरोप लगाउँछन् ।

स्थानीयहरुका अनुसार सुरुमा बुसेहरा र गुलाब मिल्ली खेलबीच झगडा भएको ‘तर, भोलिपल्टै अहले सुन्नतको बाहुल्यता रहेको पारा चिनार वरपरका गाउँहरूबाट पारा चिनारको जनसंख्यामाथि आक्रमण सुरु भएको बताउँछन् ।

पाकिस्तान र अफगानिस्तानको सिमामा बसोबास गर्ने गाउँले पनि यस लडाइँमा भाग लिएका छन् । यस अवधिमा अहले सुन्नत जनजातिले सीमापारबाट पनि सहयोग गरिरहेको स्थानीयको आरोप छ । उनीहरुका अनुसार पारा चिनारलाई पारा चमकानी क्षेत्रले निशाना बनाएको थियो ।

पारा चमकनी उचाइमा अवस्थित छ र त्यहाँबाट पारा चिनारमा भारी हतियार प्रहार भएको थियो, जसका कारण बालबालिका र महिला पनि घाइते भएका थिए । पाडा चिनारको बाहिरी इलाकामा बस्ने स्थानीय भन्छन् ‘यस द्वन्द्वमा ठूला हतियार पनि प्रयोग गरिएको छ ।

यो दुई जनजातिबीचको द्वन्द्व होइन, दुई देशबीचको द्वन्द्व हो, जसमा रकेट लन्चर, मिसाइल र ठूला बन्दुकको प्रयोग भइरहेको छ ।’पाकिस्तानमा यो जमिनको विवाद थियो तर, दुर्भाग्य साम्प्रदायिक युद्धमा परिणत भएको छ । त्यसपछि सम्पूर्ण क्षेत्रमा दुवै सम्प्रदायका मानिसहरू एकअर्काविरूद्ध लड्न थाले भने अफगानिस्तानबाट पनि हस्तक्षेप जारी रह्यो ।

यसको कारण पाकिस्तान र अफगानिस्तानमा एकअर्काका आदिवासी आफन्तहरूसँगै बस्छन् । कुर्रमको सामाजिक सङ्गठन सुधार समितिका प्रमुख अताउल्लाहले जिर्गाका निर्णय र त्यसबाट भएका सहमति कार्यान्वयन गर्न सरकार असफल भएकोले यो विवाद बारम्बार उठ्ने गरेको बताउँछन् ।

उनका अनुसार ‘जग्गाको विवादलाई बेलाबेलामा साम्प्रदायिक रंग दिइन्छ, त्यसपछि जिर्गा हुन्छ, सहमति हुन्छ तर, ती सम्झौता कार्यान्वयन हुँदैनन् । ती सम्झौता कार्यान्वयन गर्ने र हकदार जनतालाई अधिकार उपलब्ध गराउने दायित्व सरकारको हो ।

तर, जब त्यसो हुँदैन, तब षड्यन्त्र हुन्छ र समस्या पनि आउँछ ।’ अब यो विवादले जुनसुकै बेला ठूलो युद्धको रूप लिन सक्ने चिन्ता पनि बढेको छ । यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top