३ साउन, एजेन्सी ।

अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । पाकिस्तानको इस्लामाबादमा उनकी छोरीलाई अपहरण गरी यातना दिइएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइए पनि पुष्टि हुन बाँकी छ ।

पाकिस्तानका सञ्चारमाध्यमले भने राजदूत अलिखिलकी छोरी रिहा भइसकेको दाबी गरेका छन् । तर यसबारे कुनै पुष्टि भएको छैन । अफगानिस्तानले घटनाको निन्दा गर्दै सुरक्षा सतर्कता बढाउन पाकिस्तानलाई आग्रह गरेको छ । यो घटनाले दुई देशबीच तनाव उत्पन्न गराएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top