×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पाकिस्तानमा आज चुनाव,धाँधलीको आशंका

२५ माघ २०८०

२५ माघ,एजेन्सी ।

पाकिस्तानमा आज आम निर्वाचनका लागि मतदान जारी छ । बढ्दो महँगीले आर्थिक सङ्कट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा छन् । तर यो चुनावमा धाँधली हुने आशंकासमेत गरिएको छ । पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ ।

जसमा राष्ट्रिय सभाका धेरै सदस्य नागरिकले चुन्ने व्यवस्था छ । राष्ट्रिय सभामा कुल ३ सय ३६ सिटमध्ये २ सय ६६ सिटका लागि नागरिकले मतदान गर्नेछन् भने बाँकी ६० सिटमा महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छन् । आयोगका अनुसार देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ ।

चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । चुनावमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलवाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीसम्मले प्रतिस्पर्धा गर्दैछन् ।

इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पार्टीको चुनाव चिह्न खारेज गरेका कारण यसका उम्मेदवार स्वतन्त्ररूपमा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता छन् । आज निर्वाचनको दिन देशभर मोबाइल सेवा बन्द गरिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गरी सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले मोबाइल सेवा अस्थायी रुपमा बन्द गरिएको जनाएको छ । सूचनामा लेखिएको छ, ‘देशमा हालै भएको आतंकवादी घटनाका कारण कयौंको ज्यान गएको छ । सम्भावित खतराबाट जोगिनका लागि सुरक्षाका उपाय अपनाउन आवश्यक छ ।

त्यसैले देशभर मोबाइल सेवा अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’ मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा भएका बम विष्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको थियो । चुनावको अघिल्लो दिन भएको विस्फोटले धाँधली हुने सम्भावना बढेको खबरमा उल्लेख छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

यद्यपी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको रेडियो पाकिस्तानले जनाएको छ । यसअघि २०१८ मा भएको आम चुनावमा ५२ प्रतिशत नागरिकले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

दुई वर्षअघि अविश्वास प्रस्ताव ल्याएर इमरान खान नेतृत्वको सरकार ढालिएको थियो । हाल इमरान खान भ्रष्टाचार आरोपमा जेलमा छन् । उनी नेतृत्वको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) लाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ । अर्कोतर्फ तीनपटकसम्म प्रधानमन्त्री बनिसकेका नवाज शरीफ पनि चुनावी प्रतिस्पर्धामा छन् ।

उनलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ । नवाज शरीफको कट्टर आलोचक इमरान खान जेलमा रहेको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न रोक लगाइएकाले नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले चुनाव जितेर नयाँ सरकार बनाउने अनुमान गरिएको छ । उनी केही समयअघि मात्रै लामो निर्वासनपछि स्वदेश फर्किएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top