×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पाकिस्तानलाई अमेरिकाले आज रोक्न सक्ला ?

२४ जेष्ठ २०८१

२४ जेठ, एजेन्सी ।

टी–२० विश्वकपमा आज पाकिस्तान र अमेरिका आमनेसामने हुँदैछन् । पाकिस्तानले विश्वकपको सुरुआत आज आयोजक राष्ट्र अमेरिकाविरुद्धको खेलसँगै गर्दैछ । खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालामा नेपाली समय अनुसार, राति ९ः१५ बजे सुरु हुनेछ । सन् २०२१ को संस्करणमा पाकिस्तान सेमिफाइनलमा रोकिएको थियो । त्यसको पनि एक वर्षपछिको संस्करणमा फाइनलमा पराजित भयो । अब भने उसले उपाधिको आशा राखेको छ ।

पाकिस्तान र अमेरिका प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा भारत, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् । पाकिस्तानबाहेक सबै टोलीले आफ्नो एक–एक खेल खेलिसकेका छन् । उक्त समूहको पहिलो खेलमा अमेरिकाले छिमेकी राष्ट्र क्यानडालाई सात विकेटले हराएको थियो । अर्को खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । त्यसैले आज रातिको खेलमा पाकिस्तान पहिलो जितको खोजीमा हुनेछ ।

अमेरिका भने बलियो टेस्ट राष्ट्रलाई हराउँदै लगातार दोस्रो जितसहित सपुर–८ चरणको यात्रा सहज बनाउने धुनमा रहने छ । यता पाकिस्तानले यही विश्वकपका लागि भनेर तीन महिना अगाडि कप्तान फेरेको छ । शाहिन शाह अफ्रिदीको स्थानमा बाबर आजम फेरि कप्तानका रूपमा फर्केका छन् । यो आफैंमा विवादास्पद निर्णय रह्यो । पछिल्लो समय ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तानको प्रदर्शन पनि गतिलो रहन सकेको छैन ।

न्युजिल्यान्डविरुद्ध घरमा ट्वान्टी ट्वान्टी सिरिज बराबरी खेलेको पाकिस्तान आयरल्यान्डविरुद्धको सिरिजमा विजयी त रह्यो, तर पहिलो खेल गुमाएर दबाबमा पनि रह्यो । अहिले तत्कालका लागि पाकिस्तानी टिम खासै चर्चामा छैन । तर कप्तान आजम उत्साहित छन् । उनी भन्छन्, ‘पहिला सेमिफाइनल । त्यसपछि फाइनल । अब हाम्रो लक्ष्य उपाधि नै जित्ने हो ।’ समूह ‘ए’ मा रहेका दुई टोली भारत र पाकिस्तान टी–२० विश्वकपका पूर्वविजेता पनि हुन् ।

भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो । पाकिस्तानले भने सन् २००९ मा सम्पन्न दोस्रो संस्करणको उपाधि चुमेको थियो । त्यतिबेला पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई आठ विकेटले हराएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तानभन्दा अमेरिका निकै पछाडि छ । उक्त वरीयतामा पाकिस्तान छैटौँ र अमेरिका १८औँ स्थानमा आसीन छन् ।

पाकिस्तानी टोलीले टी–२० विश्वकपमा पहिलो संस्करणदेखि नै नियमित रूपमा सहभागिता जनाउँदै आएको छ । अमेरिकाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । यसपटक अमेरिका आयोजकका रूपमा विश्वकपमा उपस्थित भएको हो । पाकिस्तान भने अघिल्लो विश्वकपमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकपमा छनोट भएको हो । पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा कुल ४७ खेल खेलिसकेको छ ।

पाकिस्तान त्यसमध्ये २८ खेलमा विजयी भएको छ भने १८ खेलमा पराजित । पाकिस्तानी टोलीको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । यसको विपरीत अमेरिकाले टी–२० विश्वकपमा हालसम्म एक खेलमात्र खेलेको छ । त्यो खेल पनि यही विश्वकपमा खेलेको हो । यस अर्थमा टी–२० विश्वकपमा अमेरिकाको यात्रा निकै सुखद देखिन्छ । टी–२० विश्वकपको इतिहासमा पाकिस्तान सफल टोलीका रूपमा दरिएको छ ।

पाकिस्तानी टोली तीनपटक टी–२० विश्वकपको फाइनलमा पुगिसकेको छ । त्यसमध्ये एक पटक उपाधि जित्न सफल भएको पाकिस्तान बाँकी दुई अवसरमा भने फाइनलमा पराजित भएको छ । टी–२० विश्वकपको पहिलो संस्करणको फाइनलमा पाकिस्तानलाई चिर प्रतिद्वन्द्वी भारतले पाँच रनले पराजित गरेको थियो । पाकिस्तान टी–२० विश्वकपको साबिक उपविजेता पनि हो ।

सन् २०२२ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । पाकिस्तान र अमेरिकाले यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आपसमा एक खेल पनि खेलेका छैनन् । त्यसैले बिहीबार राति यी दुई टोली पहिलो पटक आपसमा भिड्ने छन् । यी दुई टोलीको पछिल्लो पाँच खेलको अवस्थालाई हेर्दा भने पाकिस्तानभन्दा अमेरिकाको नतिजा आकर्षक देखिन्छ ।

अमेरिकी टोली आफूले खेलेका पछिल्ला पाँचमध्ये चार खेलमा विजयी भएको छ । बाँकी एक खेलमा भने अमेरिका पराजित भएको छ । अर्कोतिर, पाकिस्तानी टोलीले आफूले खेलेको पछिल्ला पाँचमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको छ । अमेरिकाले गत अप्रिल १३ तारिखमा खेलिएको खेलमा क्यानडालाई चार विकेटले हराएको थियो । त्यसपछि मे २१ तारिखमा खेलिएको खेलमा अमेरिकाले बङ्गलादेशलाई पाँच विकेटले पराजित गरेको थियो ।

मे २३ तारिखमा खेलिएको खेलमा अमेरिकाले बङ्गलादेशलाई ६ रनले हराएको थियो । यसैगरी मे २५ तारिखमा खेलिएको खेलमा भने अमेरिकी टोली बङ्गलादेशसँग १० विकेटले पराजित भएको थियो । त्यसपछि जुन २ तारिखमा खेलिएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको थियो । पाकिस्तानले भने गत मे १४ तारिखमा खेलिएको खेलमा आयरल्यान्डलाई ६ विकेटले हराएको थियो ।

मे २२ तारिखमा पाकिस्तान र इङ्गल्यान्डबिच हुने भनिएको खेल वर्षाका कारण रद्द भएको थियो । मे २५ तारिखमा खेलिएको खेलमा इङ्गल्यान्डले पाकिस्तानलाई २३ रनले हराएको थियो । यसैगरी विश्वकप सुरु हुनुअघि मे २८ तारिखमा पाकिस्तान र इङ्गल्यान्डबिच हुने भनिएको खेल भने वर्षाका कारण रद्द हुन पुगेको थियो ।

विश्वकप सुरु हुनुअघि मे ३० तारिखमा खेलिएको आफ्नो अन्तिम खेलमा पाकिस्तानी टोली इङ्ल्यान्डसँग सात विकेटले हारेको थियो । यसरी पछिल्लो समय अमेरिकी टोली लयमा देखिएको छ । त्यसमाथि विश्वकप सुरु हुनुभन्दा ठिकअघि बङ्गलादेशजस्तो बलियो टोलीलाई हराएपछि अमेरिकाको मनोबल अझ उच्च देखिएको छ ।

त्यसमाथि अमेरिकाविरुद्धको खेल सुरु हुनुअघि आफ्ना प्रभावशाली बलर इमाद वसिम घाइते हुँदा पाकिस्तान थप दबाबमा परेको छ । घाइते भएका कारण अमेरिकाविरुद्धको खेलमा पाकिस्तानी टोलीका अलराउन्डर इमाद वसिम उपस्थित हुने छैनन् । इमादको चोटले पाकिस्तानी टोली थप दबाबमा परेको छ । इमाद वसिम घाइते भएपछि कप्तान बाबर आजम पनि चिन्तित देखिएका छन् ।

इमाद वसिम विश्वकप खेल्न सन्न्यास फिर्ता लिएर पाकिस्तानी टोलीमा फर्किएका हुन् । इमादसँगै तिब्रगतिका बलर मोहम्मद आमिरले पनि विश्वकप खेल्न आफ्नो सन्न्यास फिर्ता लिएका थिए । सन्न्यास फिर्ता लिएलगत्तै इमादलाई न्युजिल्यान्ड, आयरल्यान्ड र इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खलाका लागि टोलीमा समावेश गरिएको थियो ।

अमेरिकाको सम्भावित टोलीमा मोनांक पटेल, स्टिभन टेलर, एन्ड्रिज गौस, एरोन जोन्स, नितिस कुमार, कोरी एन्डर्सन, हरमित सिंह, साड्ली भान साल्कविक, जसदीप सिंह, अली खान र सौरभ नेत्रवाल्कर रहेका छन् । यसैगरी पाकिस्तानको सम्भावित टोलीमा बाबर आजम, मोहम्मद रिजवान, साइम अयुब, फाखर जामन, सदाब खान, ईफ्तिखार अहमद, आजम खान, साहिन शाह अफ्रिदी, नसिम शाह, ह्यारिस रौफ र मोहम्मद आमिर रहेका छन् ।

पाकिस्तानी टिम रनका लागि अत्याधिक कप्तान आजम र मोहम्मद रिजवानमा निर्भर हुनेछ । बलरमा अफ्रिदी प्रमुख रहने छन् नै । खासमा पाकिस्तानको प्रमुख अस्त्र भनेकै सटिक बलिङ आक्रमण नै हो । पाकिस्तान यो विश्वकपमा त्यो समूहमा छ, जसमा भारत पनि छ । जति बेला पाकिस्तान र भारत भिड्ने छन्, त्यो यस विश्वकपकै सबैभन्दा ठूलो खेल हुनेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top