×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

२५ मंसिर २०८२

२४ मंसिर , काठमाण्डौ ।

४ प्रान्तमा विभाजित पाकिस्तान अब १२ भागमा बाँडिने भएको छ । शासनमा सुधार ल्याउन भन्दै पाकिस्तानले आफ्ना ४ प्रान्तलाई १२ वटामा विभाजन गर्ने तयारी गरिरहेको छ । पाकिस्तानका सञ्चारमन्त्री अब्दुल अलिम खानले अब प्रान्त ससाना बनाउने निश्चित भएको बताएका छन् ।

उनका अनुसार सिन्ध र पन्जाबमा तीन नयाँ प्रान्त सिर्जना गर्न सकिन्छ । बलुचिस्तान र खैबर पख्तुनख्वामा पनि यस्तै विभाजन हुन सक्छ । अलिम खानले भनेका छन्, ‘हाम्रा वरपरका देशहरूमा धेरै साना प्रान्त छन्, त्यसैले पाकिस्तानले पनि त्यस्तै गर्नुपर्छ ।’

अलिम खानको पार्टी आईपीपी प्रधानमन्त्री सहबाज सरिफ नेतृत्वको गठबन्धन सरकारको हिस्सा हो । कुन कुन नयाँ प्रान्त सिर्जना गर्न सकिन्छ भन्ने विषयमा पाकिस्तान सरकारले अहिलेसम्म आधिकारिक नक्सा जारी गरेको छैन ।

तर सञ्चारमाध्यमका अनुसार छलफल भइरहेका क्षेत्रहरुमा पन्जाबमा उत्तरी पन्जाब, मध्य पन्जाब, दक्षिणी पन्जाब । यस्तै सिन्धमा कराँची सिन्ध, मध्य सिन्ध, माथिल्लो सिन्ध । केपीमा उत्तरी केपी, दक्षिणी केपी, आदिवासी केपी÷फाटा क्षेत्र र बलुचिस्तानमा पूर्वी बलुचिस्तान, पश्चिमी बलुचिस्तान, दक्षिणी बलुचिस्तान रहेका छन् ।

तर सत्तारुढ गठबन्धनमै रहेको बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले सिन्धको विभाजन कुनै हालतमा हुन नदिने बताएको छ । पीपीपीले लामो समयदेखि सिन्ध विभाजनको विरोध गरिरहेको छ। साथै धेरैवटा साना दल पनि विभाजनका विपक्षमा छन्।

अवामी नेसनल पार्टी (एएनपी) र बलुच राष्ट्रवादी दलहरूले यसलाई फुटाऊ र शासन गर नीति भनेका छन् । साना दलहरूको तर्क के छ भने साना प्रान्त सिर्जना गर्नाले स्थानीय पहिचान र संस्कृति कमजोर हुन सक्छ।

अनि ठूला प्रान्तहरूको राजनीतिक शक्ति कमजोर पार्नेछ, जसले सेना र केन्द्र सरकारको पकड बलियो बनाउनेछ । नयाँ प्रान्तहरूको माग पहिले पनि उठाइएको थियो, तर कहिल्यै सफल भएन । १९४७ मा पाकिस्तानमा पाँच प्रान्त थिए ।

पूर्वी बंगाल, पश्चिम पन्जाब, सिन्ध, उत्तर पश्चिम सीमान्त प्रान्त (एनडब्ल्यूएफपी) र बलुचिस्तान । १९७१ मा पूर्वी बंगाल अलग भयो र वर्तमान बंगलादेश बन्यो । एनडब्ल्यूएफपीलाई पछि खैबर पख्तुनख्वा नामकरण गरियो ।

यसपटक प्रस्तावलाई केही थिंक ट्यांक र मुत्ताहिदा कौमी मुभमेन्ट पाकिस्तान (एमक्यूएम–पी) जस्ता दलले समर्थन गरेका छन् । तर नयाँ प्रान्त सिर्जना गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ । यसका लागि संसद्मा दुईतिहाइ बहुमत पु¥याउन पर्छ ।

पाकिस्तानलाई १२ प्रान्तमा विभाजन गरियो भने देशको प्रशासनिक संरचना, राजनीति र स्रोत वितरण पूर्ण रूपमा परिवर्तन हुनेछ । तर यसबीच पाकिस्तानमा अलग्गै सिंधु देशको माग गरिएको भन्दै निकै चर्चा भइरहेको छ ।

सिंधुदेशको माग गर्दै कराचीमा र्याली समेत आयोजना गरिएको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । रिपोट्र्सका अनुसार, अलग्गै ‘सिंधुदेश’ को माग राखेर ढुंगामुढा भएको थियो ।

जसमा करिब ४५ प्रदर्शनकारी पक्राउसमेत परेका छन् । गत महिना भारतका रक्षा मंत्री राजनाथ सिंहले पनि भनेका थिए कि पाकिस्तानको सिंध क्षेत्र एक दिन भारतमा गाँसिनेछ । उनको यो बयानले पाकिस्तान भड्किएको छ ।

तर ‘सिंधुदेश’ को माग सिंधी मानिसहरुले पनि गरिरहेका छन् । सिंध संस्कृति दिवस समारोहका क्रममा यो माग तीव्र उठाइएको थियो । मिडिया रिपोट्र्सका अनुसार जसलाई रोक्ने प्रयास गरिदा अलगाववादिहरुको प्रदर्शन उग्र भएको थियो ।

सिंध संस्कृति दिवस समारोह २००९देखि हरेक वर्ष डिसेम्बरको पहिलो आइतबार हुने गरेको छ । यस पटक अलग सिंधुदेशको माग गरिएको थियो । जुन जिये सिंध मुत्तहिदा महाज (जेएसएसएम)को ब्यानरमा आयोजना गरिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top