×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पाकिस्तानले किन खोज्यो नेपालको साथ ?

२४ फाल्गुन २०७४
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

काठमाडौँ — संविधान कार्यान्वयनका क्रममा तीनै तहको निर्वाचनपछि बनेको सरकारको पहिलो पाहुना बने पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी ।

संयोग नै होला, प्रतिनिधिसभाको पहिलो बैठक संसद् भवनमा चलिरहँदा राजनीतिक अस्थिरताले जेलिएको र ‘आतंकवाद एवं उग्रवाद’ सँग जुधिरहेको मुलुकका कार्यकारी प्रमुख नेपाल ओर्लिए ।

दसवर्षे माओवादी विद्रोह र लामो राजनीतिक उतारचढावपछि स्थायित्वतर्फ उन्मुख रहेको भन्दै अब्बासी नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिन अचानक काठमाडौं ओर्लिए ।

भ्रमणको कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । केपी ओली प्रधानमन्त्री चयन हुनेबित्तिकै शुभकामना सन्देश दिएसँगै उनले भेटेर खुसी साट्ने इच्छा व्यक्त गरे । उनको इच्छालाई प्रधानमन्त्री ओलीले स्वीकार गरे । सम्बन्धित निकायले त्यसमा अडेर आफ्नो काम अघि बढाए ।

जसले गर्दा २४ वर्षपछि नेपालमा पाकिस्तानका तर्फबाट दुईपक्षीय भ्रमण भयो । हुन त यसबीच सार्क शिखर सम्मेलनमा सहभागी हुन या भुटान जाँदा ट्रान्जिटमा उच्चस्तरको भ्रमण भने भएका थिए । अहिलेको भ्रमणलाई सद्भावना भ्रमणभन्दा माथिल्लो भनिएको छ ।

१९ घण्टा काठमाडौंमा रहँदा अब्बासीले आफ्नो चासो र सन्देश स्पष्ट मात्र पारेनन्, क्षेत्रीय सन्तुलनको खाकासमेत प्रस्तुत गरे । यद्यपि उनी आउने दिनसम्म पनि उनको भ्रमण किन र केका लागि भन्ने स्पष्ट थिएन । उनको छलफल र प्रस्तुतिले भने भ्रमणको औचित्य लुकिरहन सकेन ।, यो खबर आजकोकान्तिपुर दैनिकमा छापिएको छ ।

Scroll to Top