Nepal Times
Nepal Times
3
Shares

पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स मुम्बईमा आकस्मिक अवतरण

पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स मुम्बईमा आकस्मिक अवतरण

२४ वैशाख, काठमाडौं । भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो ।

एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए । स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । प्राविधिक समस्या आएपछि क्याप्टेनले फूल इमरजेन्सी घोषणा गरेका थिए ।

सो जहाजलाई बिहीबार राति भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्याण्डिङ गराइएको थियो । नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले यस घटनाको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।

आकस्मिक अवतरणको क्रममा विमानमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । साथै उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

त्यसपछि सफलतापूर्वक विमानलाई अवतरण गराइएको बीबीसीले जनाएको छ । सो एयर एम्बुलेन्समा रहेका विरामीलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । आकस्मिक अवतरणको क्रममा केहीबेर मुम्बई एयरपोर्टमा अन्य उडान–अवतरण बन्द गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.