Nepal Times
Nepal Times
3
Shares

पानी परेपछि नेदरल्याण्ड्स र मलेसियाबिचको खेल प्रभावित

पानी परेपछि नेदरल्याण्ड्स र मलेसियाबिचको खेल प्रभावित

८ वैशाख, काठमाडौँ । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत अहिले कीर्तिपुरस्थित टीयू मैदानमा नेदरल्याण्ड्स र मलेसियाबिचको खेल भइरहेको छ । तर पहिलो इनिङ्समै पानी परेपछि खेल रोकिएको छ ।

मलेसियाले टस जितर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी परेको हो ।

नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको छ । जसले गर्दा मलेसियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइसकेको छ । नेदरल्याण्ड्सका बेन कुपर ३३ र कप्तान पिटर सिलार २९ रनमा अविजित छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.