×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पारस लिजेण्ड लिग खेल्दै, गुजरातमा अनुबन्ध

१३ भाद्र २०८१

१३ भदौ , एजेन्सी ।

नेपाल क्रिकेट संघ (क्यान ) का सचिव पारस खड्काले लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आउदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि शुरु हुदै छ । लिजेण्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन । यस लिगमा विश्वका चर्चित पूर्व क्रिकेटरहरुले खेल्ने छन् । लिजेण्ड लिगमा ६ टिम बीच कुल २५ खेल खेलिने बताइएको छ । तेस्रो सिजनका खेलहरु भारतको जोधपुर, सुरत र जम्मुमा हुने छन् ।

यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुने छ । सबै टोलीमा भारतका तथा अरु देशका पूर्व क्रिकेटरको जमघट छ। नेपालका पारस खड्का आबद्ध गुजरातमा अफगानिस्तानका पूर्व कप्तान अस्घर अफगान, लिन्ड सिमोन्स, क्रिस गेल लगायत छन्। नेपालका पूर्वकप्तान पारस नेपाली क्रिकेटका एक सफल खेलाडी तथा सफल कप्तान हुन् ।

नेपालले उनको कप्तानीमा सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । पारसले २०१९ मा युएईविरुद्ध तेस्रो ओडीआईमा ११५ रनको ऐतिहासिक शतक प्रहार गरेका थिए । यस्तै अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ड्राफ्टमा नेपालका दुई खेलाडी परेका छन्। २०२४ को नयाँ सिजनको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगै ललितनारायण राजवंशी परेका हुन्।

सन्दीपले यसअघि पनि बिबिएल खेलिसकेका छन् । राजवंशीसँग भने विदेशी लिग खेलेको कुनै अनुभव छैन् । बिबिएलको ड्राफ्टमा ३० देशका ४३२ खेलाडी छन्। सन्दीप गत संस्करण पनि ड्राफ्ट थिए। तर, उनी बिकेका थिएनन्। यसैबीच वेस्ट इन्डिजका तीव्र गतिका बलर श्यानन गेब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

सन् २०१२ मा आफ्नो करियर सुरु गरेका गेब्रियलले वेस्ट इन्डिजको प्रतिनिधित्व गर्दै ५९ टेस्ट, २५ एकदिवसीय र दुई टी–२० मा खेलेका थिए । यस अवधिमा उनको नाममा २०२ अन्तर्राष्ट्रिय विकेट छन् । गेब्रियलले बुधबार आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जानकारी दिएका हुन् ।

उनले भने, ‘मैले विगत १२ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई समर्पण गरेको छु । यस अवधिमा उच्च स्तरिय क्रिकेट खेल्नु मेरो लागि उत्कृष्ट अनुभव रह्यो । मेरो मनपर्ने खेलमा वेस्ट इन्डिजको प्रतिनिधित्व गर्न पाउँदा मलाई निकै खुशी लागेको छ।’ गेब्रियलले २०१९ मा पनि कठिन समयको सामना गर्नु परेको थियो जब उनलाई चार एकदिवसीय खेलमा प्रतिबन्ध लगाइएको थियो ।

उनले जो रुटविरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए । तर, उनले त्यसलाई स्वीकार गरे र आफ्नो आचरणको लागि माफी पनि मागे । उनले यो घटना क्रोधका कारण भएको बताएका थिए । गेब्रियलले अन्तिम पटक जुलाई २०२३ मा वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top