×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पारा ओलम्पिकको पदक तालिकामा नेपाल पनि !

१६ भाद्र २०८१

१६ भदौ, विराटनगर ।

फ्रान्सको राजधानी पेरिसमा जारी पारा ओलम्पिकको पदक तालिकामा नेपाल पनि उभिएको छ । यसअघि कुनै पनि ओलम्पिकमा पदक जित्न नसकेको नेपाल जारी पारा ओलम्पिकमा भने एक कास्यसहित ५६औं स्थानमा छ । नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धननले शुक्रबार राति पेरिस पारा ओलम्पिकमा ऐतिहासिक काँस्य पदक जितेसँगै नेपाल पनि पदक तालिकामा उभिन सफल भएको हो ।

यो समाचार तयार पार्दासम्म पारा ओलम्पिकको पदक तालिकामा चीनको बर्चश्व छ । चीनले २३ स्वर्ण, १८ रजत र सात कास्य गरी कुल ४८ पदक जितेको छ । शीर्ष स्थानको चीन बेलायतभन्दा २० पदकले अगाडि छ । दोस्रो स्थानको बेलायतले १३ स्वर्ण, नौ रजत र ६ कास्य जितेको छ । तेस्रो स्थानको ब्राजिलले आठ स्वर्णसहित २३ पदक जितेको छ भने अस्ट्रेलियाले ६ स्वर्णसहित १४ पदक जित्दा पाँचौं स्थानको नेदरल्यान्ड्सले ६ स्वर्णसहित १० पदक जितेको छ ।

नेपाली खेलाडीले अर्को एउटा पदक थप्नेगरी सोमबार दिउँसो प्रतिस्पर्धा गर्ने छन् । भोलि दिउँसो १ बजे पौडीका भीमबहादुर कुमालले खेल्ने छन् । उनले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् । गोरखा घर भएका ४० वर्षीय भीमले उक्त स्पर्धामा जर्मन, इटालियन र अमेरिकन खेलाडीसँग प्रतिस्पधाए गर्ने छन् । पारा पौडीका भीमले भने वाइल्ड कार्डमार्फत पारालिम्पिकमा खेल्ने अवसर पाएका थिए ।

नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा १ महिनाको तयारी प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको थियो । पेरिस पारा ओलम्पिकमा नेपालका तीन खेलाडी सहभागी भएका छन् । नेपालका पारा तेक्वान्दो खेलाडी भरतसिंह महता भने आफ्नो पहिलो खेलमै पराजित भएका थिए ।

भरत, के–४४, पुरुष ५८ के.जी मुनि तौल समूहअन्तर्गत राउन्ड अफ १६ मा जापानका मित्सुया टनाकासँग १९–३ ले पराजित भएका थिए । यस हारसँगै ‘वाइल्ड कार्ड’ मार्फत पेरिस पारालम्पिक खेल्ने अवसर पाएका भरतको पेरिस पारालम्पिक २०२४ यात्रा पहिलो खेलमै समाप्त भएको थियो ।

तेक्वान्दोकी पलेशाले भने शुक्रबार राति भएको के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । २१ वर्षीया पेलिसाले देशलाई दिएको यो पदक नेपाली खेल इतिहासको अहिलेसम्मकै ठुलो उपलब्धि हो । ओलम्पिकको ६० वर्षे इतिहासमा नेपाल सहभागितामै सीमित थियो ।

पाराओलम्पिकमा पदक जितेसँगै पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पारालिम्पिकमा व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ । यस्तै, रजत जित्नेलाई ९७ लाख र कांस्य जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार पलेशाले ६५ लाख रुपैयाँ सरकारबाट प्राप्त गर्ने भएकी हुन् । यस्तै, पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पाँच लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाल तेक्वान्दो संघले भने ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top