×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पार्टी एकता : ओली–प्रचण्ड भेटपछि एमाले–माओवादी आन्तरिक छलफलमा

२४ पुष २०७४

काठमाडौं–पार्टी एकतामा देखिएका जटिलता फुकाउन एमाले–माओवादी आन्तरिक छलफलमा जुटेका छन् । हिजो एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच भेट भएपछि दुवै पार्टीले आन्तरिक छलफल थालेका हुन् ।
एमालेले आज पार्टीको स्थायी सतिति बैठक बोलाएको छ भने मओवादी अध्यक्ष प्रचण्डले आन्तरिक भेटघाट र छलफल थालेका छन् ।
राष्ट्रियसभा निर्वाचनको तयारी र बामएकता  प्रक्रियाबारे छलफल गर्न एमाले स्थायी समिति बैठक सोमबार बस्दैछ । एमालेअध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा अपरान्ह २ बजेपछि बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन तयारीका साथै बाम एकता र आगामी सरकारको समिकरणबारे छलफल हुने एमालेले जनाएको छ ।
एमाले सचिव योगेश भट्टराईका अनुसार अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचडवीच आइतबार भएको भेटवार्ताले पार्टी एकता प्रक्रियालाई गति दिने विश्वास गरिएको छ ।
‘दुवै पार्टीको आन्तरिक बैठक बसी तत्काल एकता प्रक्रिया टुङ्ग्याउने सहमति भएअनुसार आज एमाले स्थायी सममिति बैठक बस्न लागेको हो’ भट्टराइले भने ।
त्यसैबीच प्रचण्डले पनि आज आन्तरिक छलफल थालेका छन् । आन्तरिक भेटघाट र छलफलपछि पार्टीको बैठक बोलाउने तयारी गरेका छन् ।
चुनाव लगत्तै पार्टी एकता गर्ने बताएका एमाले–माओवादीले चुनाव सकिएको एक महिना वितिसक्दा पनि एकता घोषणा नभएपछि यसको जवाफ आम कार्यकर्ताले खोजिरहेपनि पाउन सकेका छैनन ।
एकताका लागि बैचारिक विषयमा खासै समस्या नभएको बताएका यि दलहरुले सांगठानिक विषयमा नेता कार्यकर्ताको व्यवस्थापन गर्न समय लागेको बताउने गरेका छन् ।
पार्टी एकतामा भइरहेको ढिलाईले केही आंशकाहरु उठेका छन् । तर, ओली र प्रचण्डवीच हिजो भएको भेटमा भने एकताका लागि केही प्रगति भएको दावी गरिएको छ । दुवै दलका नेताहरुले एकता कुनैपनि बहानामा नरोकिने दावी भने गर्दै आएका छन् ।
कहिले एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य त कहिले चितवनबाट प्रचण्ड काठमाडौ आउन मौसमले साथ नदिँदा पार्टी एकताका लागि बनाइएको एकता संयोजन समितिको बैठक बस्न नसकेको नेताहरुले बताउने गरेका छन् ।
दुवै पार्टीको बैठकपछि सम्भवत मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने छ ।
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य उपचार गर्न थाइल्याण्ड जानेभएपछि एक साता यतिकै वित्ने छ ।
पार्टी एकीकरण र सरकार गठन प्रक्रियालाई यि दुवै दलले सँगसंगै लैजाने भनेपनि संगठनात्मक संरचना र पदीय भागवण्डा मिलाउन दुवै पार्टीमा सकस देखिएको छ ।
पार्टीका शीर्ष नेता देखि दोस्रो बरियताका नेताहरुको व्यवस्थापन नै एकताका लागि चुनौतिको विषय बनेको कुरा नेताहरु नै स्वीकार गर्दै आएका छन् । यद्यपी दुई पार्टीका अध्यक्षबीच आइतबार भएको छलफलमा सानो कार्यदल बनाएर एकता प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
आइतबारको दुई नेताको भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा एकता प्रक्रियालाई टुंग्याएर जाने सहमति भएको सञ्चारकर्मीलाई बताएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top