×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पार्टी एकीकरणको खुशियालीमा जताततै दीपावली

४ जेष्ठ २०७५

काठमाडौँ, ४ जेठ ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरणको खुशियालीमा देशका विभिन्न भागमा दीपावली मनाइएका समाचार प्राप्त भएका छन् ।

रामपुर, पाल्पा— दुवै पार्टीका नेता कार्यकर्ता शुभचिन्तकले रामपुरको बेझाँडबजारमा बिहीबार साँझ दीपावली मनाए । २५ आँै मदन—आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीको एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको घोषणापछि रामपुरमा पार्टी एकीकरणको खुशियालीमा बेझाँड बजार चोक र बेझाँडमा रहेको एमाले तथा माओवादी केन्द्रको पाटी कार्यालय र मदन—आश्रित प्रतिष्ठान स्मृति भवनमा सामूहिक दीपावली मनाइयो ।

बेझाँड बजार चोकमा कोणसभासहित भएको दीपावलीमा पाल्पा क्षेत्र नं १ प्रदेश क प्रदेशसभा सदस्य युवराज खनालले पार्टी एकता कम्युनिष्ट पार्टी एक हुनु राष्ट्र र समृद्धिका लागि राम्रो भएको बताउँदै पार्टी एकताले मुलुकमा राजनीतिक स्थायित्व ल्याउनेमा आफू ढुक्क भएको बताए ।

दीपावली कोणसभामा कम्युनिष्ट नेता जनकराज ढकालले पार्टी एकताले राष्ट्रवादी र नेता कार्यकर्तामा उत्साह थपेको बताउँदै एकतालाई बलियो बनाउन सानातिना कुरामा अल्मलिन नहुने विचार व्यक्त गरेका छन्।

बेनी, म्याग्दी– नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणाको खुशियालीमा म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार राति दीप प्रज्वलन गरी एकताको स्वागत गरिएको छ ।

काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेको केही घण्टामै बेनीको क्याम्पसचोकमा नेकपाका जिल्लास्तरका नेताले स्वागत गर्दै एकताबाट नयाँ ऊर्जा थपिएको बताएका थिए ।

स्वागत कार्यक्रममा प्रदेश सांसद विनोद केसी, नेकपाका जिल्ला नेता बालकृष्ण सुवेदी, शेरबहादुर केसीलगायतले सम्बोधन गरेका थिए । त्यस्तै, एकताको खुशियालीमा बेनीबजारमा नेकपा समर्थितले घरघरमा दीपावलीसमेत गरेका छन् ।

कञ्चनपुर– पार्टी एकताको अवसरमा गएराति अबेरसम्म कञ्चनपुरमा विघटित दुवै पार्टीका नेता तथा कार्यकर्ताले आतिशबाजी र दीप प्रज्वलन गरी संयुक्तरुपमा खुशियाली साटासाट गरेका छन् ।

जिल्लाको बेलौरी, झलारी, पुनर्वास र महेन्द्रनगर बजार क्षेत्रमा दुवै विघटित पार्टीका नेता तथा कार्यकर्ताले सडकमै कम्युनिष्ट पार्टीको झण्डा बनाई दीपप्रज्वलन गरेका हुन् । अबीर दलेर एक अर्कामा खुशियाली साटासाट गरिएको विघटित एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले बताए ।

देशकै इतिहासमा ठूलो पार्टीका रुपमा आएका छौँ, उनले भने, “देश समृद्धि र विकासको बाटोमा अगाडि बढ्ने अवसर आएको छ ।” अर्का नेता टेकबहादुर हमालले भने, “देशमै पहिलो पटक दुई ठूला पार्टीबीच एकता भएकाले जनताले ठूलो आशा गरेका छन् अब त्यो पूरा हुन्छ ।”

विघटित नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य नरेन्द्रप्रसाद चौधरीले दशवर्षे जनयुद्धले प्राप्त गरेको उपलब्धि र जननेता मदन भण्डारीको सपनालाई एकसाथ जोडेर देश बनाउनका लागि अगाडि बढ्ने अवसर प्राप्त भएको बताए ।

महेन्द्रनगर बजार क्षेत्रमा पार्टी एकीकरणको अवसरमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुनुभएका भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले दुई ठूला पार्टीको आपसी विलयले देशलाई नयाँ उचाइमा पु¥याएको बताए ।

राति अबेरसम्म दुवै विघटित पार्टीका नेता तथा कार्यकर्ताले संयुक्तरुपमा दीप प्रज्वलन र आतिशबाजी गर्दा ठूलो संख्यामा सर्वसाधारणले समेत उक्त कार्यक्रममा सहभागिता जनाएका थिए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top