Nepal Times
Nepal Times
3
Shares

पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

११ कात्तिक, पाल्पा ।

पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तानसेनस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक पुरुष र एक महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार मृत्यु हुनेमा पूर्वखोला गाउँपालिकाकी ६९ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीया पुरुष रहेका छन् ।

दुर्घटनामा परेर उपचारका लागि आइतबार अस्पताल ल्याइएकी महिलामा कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा सोमबार नै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै ७४ वर्षीय पुरुषलाई भने रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि कात्तिक ४ गते ल्याइएको थियो अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासको समस्या रहेका पुरुषको पनि गएराति उपचारका क्रममा मृत्यु भएसँगै जिल्लामा हालसम्म १० जनाले ज्यान गुमाएका छन्। उनीहरु दवै जनाको शव मंगलबार दिउँसो नेपाली सेनाको टोलीले स्वास्थ्य मापदण्ड अनुसार व्यवस्थापन गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.