×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पासाङ पुन पार्टीको उपाध्यक्ष, विद्या भण्डारी कहिले ?

२४ चैत्र २०८१

२५ चैत , काठमाण्डौ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पार्टी राजनीतिमा औपचारिक रुपमै फर्किएका छन् । उनी नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पदमा मनोनित भएका छन् । १८ र १९ चैतमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष पदमा मनोनित गरेको हो ।

दुई कार्यकाल उपराष्ट्रतिको जिम्मेवारीमा रहेका पासाङ पछिल्लो पटक पार्टीका बैठकहरूमा निरन्तर सहभागी हुँदै आएका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै चाहनाअनुसार पासाङ पार्टी राजनीतिमा फर्केको बताइन्छ ।

सात वर्षसम्म उपराष्ट्रपति भएर पदावधि सकिएपछि दहचोकस्थित निवासमा आराम गरिरहेका उनी प्रचण्डको आग्रहपछि पार्टी राजनीतिमा सक्रिय हुने निर्णयमा पुगेको बताउँछन्। हुन त पासाङ आफैँ पनि उपराष्ट्रपतिको कार्यकाल पूरा भएपछि सक्रिय राजनीतिमा आउन चाहेका थिए ।

पछिल्लो समयमा माओवादीमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा मिलेर अप्ठेरोमा पार्न थालेपछि प्रचण्डले पासाङलाई अघि बढाएको बुझ्न सकिन्छ । पासाङ २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए ।

पासाङले २०४८ सालदेखि एकता केन्द्रबाट पूर्णकालीन भएर राजनीति सुरु गरेका थिए । एकता केन्द्रको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । कृष्णबहादुर महरा, सन्तोष बुढामगर, करुण, प्रताप र पासाङसहितको पाँच सदस्यीय जिल्ला समिति बन्यो ।

पासाङ ‘जनयुद्ध’को तयारी गर्दा वाईसीएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक भएका थिए । पासाङले ’जनयुद्ध’मा माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमान्डर, ब्रिगेड कमान्डर, डिभिजन कमान्डर, डेपुटी कमान्डर र जनसेना प्रमुख भएर काम गरे ।

उनी माओवादी पार्टीमा जिल्ला सदस्य, क्षेत्रीय ब्युरो सदस्य, दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, पोलिटब्युरोहुँदै स्थायी समिति सदस्यसम्म बनेका थिए । माओवादीको पार्टी विधान अनुसार पदाधिकारी हुन स्थायी कमिटी सदस्य अनिवार्य भएपछि पछिल्लो पटक उनलाई पहिला स्थायी कमिटी सदस्य बनाएपछि उपाध्यक्षमा मनोनित गरिएको हो।

पुनलाई सक्रिय जिम्मेवारी समेत दिने तयारी अध्यक्ष प्रचण्डले गरेका छन् । माओवादी केन्द्र र सार्वजनिक रुपमा राज्यको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कनु स्वभाविक नहुने भन्दै आलोचना भइरहेका बेला उनलाई माओवादीले उपाध्यक्ष नै बनाएको हो ।

उता पूर्व राष्ट्रपति भण्डारी पनि एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छन् । भण्डारीले सक्रिय राजनीतिमा फर्कने तयारी स्वरूप एमालेको पार्टी सदस्यता गत वैशाखमा नवीकरण गरेकी थिइन् ।

त्यसयता हुने सक्रिय राजनीतिमा फर्कनका लागि विभिन्न प्रदेश तहको भ्रमण गर्दै त्यहाँका नेता कार्यकर्तासँग भेटघाट र अन्तरक्रियामा व्यस्त छिन् । पुनको सक्रिय राजनीतिमा फर्कने निर्णयले भण्डारीलाई एमालेको राजनीतिमा फर्कने थप सहज भएको छ ।

यससंगै नेपालमा अहिलेसम्म उपराष्ट्रपति पार्टीको उपाध्यक्षमा फर्किएको र प्रधानन्यायाधीस एकै पटक मन्त्रीपरिषद्को प्रमुख पनि बनेको इतिहास बनेको छ । विभिन्न मुलुकहरुमा राष्ट्रपति प्रधानमन्त्रीमा फर्किएको र प्रधानमन्त्री दोहोर्याएर राष्ट्रपति बन्ने गरेका अभ्यास छन् ।

यसैबीच नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ । चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङवाङ, धर्मशीला चापागाईँ र सुरेशुकमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगबहादुर यादव र महेन्द्र पासवान, बागमती प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ, शालिकराम जमरकट्टेल, गण्डकी प्रदेशमा हरिराज अधिकारी, लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा झरेका छन् ।

यस्तै उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटा, सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी, देवेन्द्र पराजुली र मानबहादुर बुढा तथा सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राई पनि प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालयको सदस्यमा झरेका छन् । बैठकले केहि जिल्लाको इन्चार्ज पनि तोकेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top