×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पिसिआर मेशिन खरिद गर्न कस्सिए सुदूरका स्थानीय तह

२९ जेष्ठ २०७७

२९ जेठ, काठमाडाैँ ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि सुदूरपश्चिमका स्थानीय तहहरु पिसिआर मेशिन खरिदका लागि अग्रसर देखिएका छन ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकादेखि भारतसित सीमा जोडिएका कञ्चनपुरको भीमदत्त नगरपालिकासम्मले पिसिआर मेशिन खरिदका लागि रकम विनियोजन गरेर प्रक्रिया अघि बढाएका हुन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म यहाँका नौवटै जिल्लामा गरी पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नौ हजार २९४ स्वाब मात्रै सङ्कलन गरिएको छ ।

जसमध्ये सात हजार ७७७ जनाको परीक्षा भइसक्दा १५५ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । प्रदेशमै एकमात्रै पिसिआर प्रयोगशाला धनगढीमा स्वाबको चापका कारण नयाँ नमूना सङ्कलन रोकिएकोमा बुधबार साँझबाट शुरु भएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा एक हजार ५१७ वटा स्वाबको परीक्षण हुन सकेको छैन । कोरोना सङ्क्रमण जोखिम बढेको भन्दै बझाङका पालिका मिलेर पिसिआर मेशिन जिल्लामा भित्र्याएर कोरोना परीक्षणको दायरा बढाउने गृहकार्यमा जुटेका छन् ।

बझाङको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बझाङका प्रत्येक पालिकाले रु दशदेखि रु पन्ध्र लाखका दरले रकम सङ्कलन गर्ने बताए ।

“जिल्ला समन्वय समिति र नगरपालिकाले रु १५ लाख र गाउँपालिकाले रु १० लाखका दरले रकम सङ्कलन गरेर असार १ गतेभित्र जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गर्ने निर्णय भएको छ” अध्यक्ष उपाध्यायले भने, “तत्काल प्रयोगशाला स्थापनाका लागि खरिद प्रक्रिया अघि बढाइनेछ ।”

बझाङका क्वारेन्टाइनमा तीन हजार १४४ जना क्वारेन्टाइानमा बसिरहेका छन् । सोमध्ये ३२४ जनाको मात्रै स्वाब सङ्कलन गरिएको छ । बझाङमा १२ पालिका रहेका छन् ।

त्यसैगरी बाजुराको बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले आरडिटीको भर पर्दा सङ्क्रमण जोखिम झन बढेको बताए ।

“हामीले पनि पिसिआर मेशिन खरिद गरेर जिल्लामा कोरोना प्रयोगशाला स्थापनाका लागि रु ३० लाख बजेट छुट्याएका छौँ ” नगरप्रमुख शाहले भने, “प्रयोगशालाको जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापन चुनौतीपूर्ण नै छ ।”

बाजुरामा पाँच हजार २२३ जना क्वारेन्टाइनमा रहे पनि हालसम्म कोरोना परीक्षणका लागि ४५० जनाको मात्रै स्वाब लिइएको छ । “राज्यले जनशक्ति व्यवस्थापनका लागि स्पष्ट कार्यविधि नबनाउँदा समस्या छ” उनले भने, “यहाँका सात पहाडी जिल्लामा अहिलेसम्म यो स्तरको प्रयोगशाला कही पनि स्थापना भएको छैन ।”

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि सदरमुकाममा पिसिआर मेशिन खरिदका लागि पहल गरेको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले सङ्क्रमणको उच्च जोखिम देखिनुका साथै सङ्कटसित लड्न पिसिआर मेशिन आवश्यकता रहेको भन्दै खरिद प्रक्रिया अघि बढाइएको बताए ।

“खरिद प्रक्रियाको नियमावलीमै रहेर प्रक्रिया अघि बढाएर असारभित्रै स्थापना गर्ने गृहकार्यमा छौँ ।” नगरप्रमुख विष्टले भने, “प्रयोगशाला सञ्चालनको जिम्मेवारी महाकाली अस्पताललाई दिनेछौँ ।”

मङ्गलबार भीमदत्त नगरपालिका कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्ध निर्देशक एव समन्वय समितिको बैठकले मेशिन अतिआवश्यक रहेको भन्दै खरिद गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी डडेल्धुराको अमरगढी नगरपालिकाले पनि डडेल्धुरा अस्पतालमा स्थापना गरिने कोरोना परीक्षण प्रयोगशालाका लागि रु २० लाख दिने निर्णय गरेको नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउँदले जानकारी दिए । “मेयरबाट यो विषयमा पहल भएर प्रक्रिया अघि बढेको छ,” साउँदले भने, “यहाँका अन्य स्थानीय तह र निकायसित पनि प्रयोगशाला स्थापनाका लागि सहयोग गर्न अपिलसमेत गरेका छौँ ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीका अनुसार धनगढीमा सञ्चालनमा रहेको प्रयोगशालामा दैनिक २५० भन्दा बढी परीक्षण गर्न सकिँदैन । “प्रदेश सरकारले डोटी र बैतडीमा प्रयोगशाला स्थापनाको प्रक्रिया अघि बढाएर असार १५ गतेभित्रै सञ्चालनको तयारीमा छ ।” निर्देशक डा अवस्थीले भने, “अहिले एउटामात्रै प्रयोगशाला हुँदा परीक्षणको चाप धेरै भयो ।”

उनले पनि पहाडी जिल्लामा जुनसुकै निकाय वा तहबाट प्रयोगशाला स्थापना भए पनि भौतिक संरचना र दक्ष जनशक्तिका विषयमा पनि पहल आवश्यक रहेको बताए । “पहाडी जिल्लामा प्रयोगशालामा काम गर्न एक जना जनशक्ति पनि नभएको अवस्था छ” उनले भने, “भौतिक संरचनाको अवस्था पनि ठीक छैन ।”

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका एक हजार ८१३ स्थानमा क्वारेन्टिन बनाएर भारतलगायत अन्यत्रबाट आएका नागरिकलाई राखिएको छ । हालसम्म क्वारेन्टिनमा ६५ हजार ९९१ बसिरहेका छन् तर कोरोना परीक्षण भने नौ हजार २९४ को मात्रै भएको छ ।

पछिल्लो जेठ महिनामा मात्रै कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डाचौकीबाट भारतका विभिन्न क्षेत्रबाट ८५ हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् ।

यहाँ कोरोना सङ्क्रमण देखिएकामध्ये पनि अधिकांश भारतबाट आएकामा देखिएको छ । बाजुरा र कैलालीमा गरी कोरोनाबाट यहाँ दुई जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितको यहाँका अस्पतालमा स्थापना गरिएका आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

यहाँका विभिन्न स्थानका आइसोलेसनमा मङ्गलबारसम्म ८५ जना सङ्क्रमितको उपचार भइरहेको छ भने आइसोलेसनमै ३३ जना शङ्कास्पद बिरामी उपचाररत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी सुदूरपश्चिममा ४८ हजार ८८८ को आरडिटी विधिबाट कोरोना परीक्षण गरिँदा एक हजार ७८१ को पोजिटीभ देखिएको छ । आरडिटीमा सङ्क्रमित देखिएलाई क्वारेन्टिनमै राखिएको छ ।रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top